झण्डै एक लाख म्यादी प्रहरी भर्ना गरिँदै
काठमाण्डौं: सरकारले आसन्न निर्वाचनलार्इ लक्षित गर्दै म्यादी प्रहरीमा भर्नाका लागि आह्वान गरेको छ। गृहमन्त्रालयले एक सूचना निकाल्दै झण्डै एक लाख म्यादी प्रहरीका लागि भर्ना आह्वान गरेको हो।
सरकारले ९८ हजार दुर्इ सय ६८ म्यादी प्रहरीका लागि आवेदन माग गरेको छ। असोज २४ गते मंगलबारदेखि ३० गतेसम्म आवेदन गर्न सकिने सूचनामा जनाइउको छ। देशभरका सबै जिल्ला प्रहरी कार्यालयमा भर्ना आवेदन दिन सकिने छ।
म्यादी प्रहरीले प्रहरी जवानसरह ५५ दिनको सेवासुविधा पाउने छन्। कुनै राजनीतिक पार्टीको सदस्यता भएकाहरुले भने म्यादी प्रहरीमा छनौटका लागि अयोग्य हुने गृहमन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।