कांग्रेसले गर्यो दुर्इ नेतालार्इ कारवाही
इनरुवा: नेपाली कांग्रेस सुनसरीले दुई जनालाई पार्टीबाट निष्काशन गरेको छ।
पार्टीका महासमिति सदस्य र्इन्द्र पोखरेल र महाधिवेशन प्रतिनिधि विश्वनाथ ठाकुरलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको पार्टीका जिल्ला सचिव केदार भण्डारीले जानकारी दिए।
‘पोखरेल र ठाकुरले पार्टीको आचरण, मान, मर्यादा, प्रतिष्ठा र हित विपरीत काम गरेका कारण पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरिएको' जनाइएको छ।