मधेशीलाई मधेशी दलको विकल्प छैनः यादव
महोत्तरी: संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपाल फोरम नेपालबीच चुनावी एकता भएपछि मुलुकको राजनीतिमा तरंग पैदा भएको बताएका छन्।
कार्यकर्ता भेटघाटका क्रममा महोत्तरीको गौशाला आएका अध्यक्ष यादवले मंगलबार बिहान पत्रकारसँग कुरा गर्दै आगामी निर्वाचनमा तराई मधेशमा पार्टी पहिलो भए मात्र मधेशीले मुलुकमा शान, मान र सम्मान पाउने जिकिर गरे।
उनले मधेशीलाई आफ्नो अधिकार, विकास र भेदभावरहितका लागि मधेशी दलको विकल्प नरहेको बताए।