सरकार पुर्नगठन एमालेलाई मान्य हुँदैन : रावल
धनगढी : एमाले उपाध्यक्ष भीमबहादुर रावलले चुनावको मुखमा सरकार पुर्नगठन गरी चुनाव सार्ने काम भएमा आफूहरुलाई मान्य नहुने बताएका छन्। एमाले प्रदेश नं ७ को निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा एमाले ७ नं प्रदेशका सयोजक समेत रावलले वाम एकताको आलोचना गर्नुभन्दा अन्य दलसँग गठबन्धन बनाएर अगाडि बढ्न काँग्रेसलगायत दललाई सल्लाह दिए।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रावलको नाम कैलाली क्षेत्र नं २ र अछाम क्षेत्र नं १ बाट सर्वसम्मत सिफारिस भएको छ। बैठकले ७ नं प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको नामावली पनि केन्द्रमा सिफारिस गरेको छ। रासस