देशभित्र र बाहिर एकैसाथ अनुसन्धान

देशभित्र र बाहिर एकैसाथ अनुसन्धान

काठमाडौं : नेपाल प्रहरीले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको गम्भीर अनुसन्धान अघि बढाएको छ । प्रहरीले घटनासँग जोडिन सक्ने देशभित्र र बाहिरका दुवै शक्ति-समूहलाई ध्यानमा राखेर अनुसन्धान गरिरहेको छ । देशभित्रका गुन्डा समूहलगायत विभिन्न पक्ष र देशबाहिरका अन्डरवल्र्ड डनलगायत समूहको ‘सम्भावित कनेक्सन’बारे प्रहरीले एकसाथ अनुसन्धान अघि बढाएको हो ।

 

५७ बर्से गौचनको सोमबार दिउँसो राजधानीको शान्तिनगर क्षेत्रमा गोली हानी हत्या भएको थियो । गौचनलाई गोली हानेलगत्तै आक्रमणकारी घटनास्थलबाट दौडिएर भागेका थिए । घटनाको अनुसन्धान गर्न गठित समितिले मृतक गौचनका आफन्तसँग कुराकानी गर्ने, कल डिटेल्स हेर्ने, जेलमा रहेका रमेश बाहुन लगायतसँग सोधपुछ गरेको छ ।

‘छानबिन समितिले काम अघि बढाएको छ । विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं’, छानबिन समितिका एक सदस्यले भने । प्रहरीले प्रारम्भिक अनुसन्धानमा गौचनको हत्या मनोज पुन समूहले गरेको हुन सक्ने अनुमान गरेको छ । यसअघि सोमबार गौचनको हत्यालगत्तै पुन समूहका लोप्साङ लामाले काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकलाई फोन गरी घटनाको जिम्मेवारी लिएका थिए ।

छानबिन समिति पुनर्गठन

प्रहरीले एक दिनअघि आफैंले गठन गरेको छानबिन समिति मंगलबार पुनर्गठन गरेको छ । प्रहरी प्रधान कार्यालयले समितिको संयोजकसमेत परिवर्तन गरी प्रहरी नायब महानिरीक्षक गणेश केसीलाई नयाँ संयोजक तोकेको छ । पुनर्गठित समितिमा एसएसपी शेरबहादुर बस्नेत, दिवेश लोहनी, डीएसपीहरू अजय केसी, अंगुर जिसी र सोमेन्द्रसिंह राठोर तथा प्रहरी निरीक्षक दीपेन्द्र अधिकारी सदस्य छन् । यसअघि सोमबार घटनालगत्तै बस्नेतको संयोजकत्वमा डीएसपीद्वय केसी र जीसी तथा निरीक्षक अधिकारी रहेको चार सदस्यीय समिति गठन भएको थियो । प्रहरी प्रवक्ता मनोज नेउपानेले छानबिन सशक्त बनाउन समिति पुनर्गठन गरिएको बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.