यस्तो छ तिहारको महत्व

यस्तो छ तिहारको महत्व

काग तिहार


नेपालमा हिन्दुहरूको दोस्रो ठूलो चाडका रूपमा मानिने तिहारको पहिलो दिनलाई काग तिहार भनिन्छ । यस दिन कागको पूजा गरिन्छ । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झनामा कागलाई विभिन्न परिकार तथा मिठाई खुवाउने गरिन्छ । कागले राम्रा र नराम्रा सन्देशहरू प्रवाह गर्ने भएकाले यसलाई यमराजको दूतका रूपमा पूजा गरिन्छ ।

कुकुर तिहार


तिहारको दोस्रो दिनलाई कुकुर तिहार भनिन्छ । कुकुरलाई टीका र माला लगाइदिएपछि मीठा परिकार दिएर पूजा गरिन्छ । कुकुरलाई इमानदार जनावर मानिन्छ । घरपरिवारको सुरक्षा गरेबापत कुकुरको पूजा गरिँदै आएको छ ।

लक्ष्मीपूजा


तिहारको तेस्रो दिनलाई लक्ष्मीपूजा भनिन्छ । यस दिन लक्ष्मीको रूपमा गाईको पूजा गरिन्छ । गाईले परापूर्वकालदेखि नै मानिसलाई धेरै गुण लगाएबापत यसलाई पुज्ने गरिन्छ । यसै दिन साँझ लक्ष्मीपूजा गरिन्छ । घरआँगन सफासुग्घर राखिन्छ । रातो माटो र गोबरले लिपपोत गरेर लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीलाई सम्पत्ति र सौभाग्यको प्रतीकका रूपमा लिइन्छ । यसै दिनदेखि भैलो खेल्न सुरु गरिन्छ । झ्यालढोकामा सयपत्रीको माला लगाएर घर सजिसजाउ पारे लक्ष्मी आउँछिन् भन्ने मान्यता छ ।

गोवद्र्धन पूजा


तिहारको चौथो दिनमा गोवद्र्धन पूजा अर्थात् गोरुको पूजा गरिन्छ । कृषि व्यवसायमा गोरुले पुर्‍याएको योगदानको कदर गर्दै गोरुको पूजा गर्ने गरिएको हो । यसै दिन नेवारी समुदायले आफ्ना शरीरको पूजा अर्थात् म्हःपूजा गर्ने गर्छन् । यो दिन देउसी खेल्ने गरिन्छ ।


भाइटीका


तिहारको अन्तिम दिनलाई भाइटीका भनिन्छ । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाई मखमली र सयपत्रीको माला लगाइदिन्छन् । दाजुभाइले दिदीबहिनीलाई गच्छेअनुसार उपहार दिने गर्छन् भने दिदीबहिनीले पनि मीठा परिकार खुवाउने गर्छन् ।
तिहार अथवा दीपावलीलाई झिलिमिली बत्तीहरूको चाडका रूपमा लिइन्छ । तिहारको अवधिभरि सबैले आआफ्नो घरमा दियो बत्ती बालेर झिलिमिली बनाउने चलन छ । हिजोआज कतिपयले भने रेडिमेड दियो र बत्ती बाल्ने क्रम पनि बढेको छ । तिहारको रमाइलोमा भुलेर आफ्नो सुरक्षाका बारेमा भने सोच्न बिर्सनु हुन्न नि । भाइबहिनीहरू, तिहारमा बत्ती बाल्दा वा पटाका पड्काउँदा धेरै नै होशियार हुनुपर्छ । त्यसैगरी टाढाटाढासम्म पुगेर राति अबेरसम्म देउसीभैलो खेल्न पनि हुँदैन । हिजोआज असुरक्षाका विभिन्न घटना सुनिने गरेकाले भाइबहिनीले पनि आफ्नो सुरक्षा आफंै गर्न सिक्नुपर्छ र अभिभावकको सल्लाह मानेर तिहार मनाउनुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.