'बाम एकता लोकतन्त्रका लागि चुनौती'

'बाम एकता लोकतन्त्रका लागि चुनौती'

काठमाडौँ: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही बामपन्थी दलको गठबन्धनले लोकतन्त्रमा चुनौती देखिएको बताएका छन्।पार्टीको भातृसंस्था नेपाल विद्यार्थी संघले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको पूर्वसन्ध्यामा मंगलबार आयोजना गरेको ‘राष्ट्रिय रणनीतिक प्रशिक्षण' कार्यक्रममा उहाँले लोकतन्त्रलाई बलियो बनाउन निर्वाचनमा काँग्रेसलाई विजयी गराउन आवश्यक रहेको बताए।

प्रधानमन्त्री देउवाले भने, “कम्युनिष्टहरु प्रजातान्त्रिक पद्दतिबाट जनतालाई झुक्याएर साम्यवाद स्थापना गर्न लागेका छन्, यसप्रति सम्पूर्ण लोकतन्त्रवादी सचेत हुनु जरुरी छ।”

प्रधानमन्त्री देउवाले लोकतन्त्र खतरामा परे देश नै खतरामा पर्ने भन्दै लोकतन्त्रलाई जोगाउन काँग्रेस एकजुट हुनुपर्ने बताउनुभयो । “लोकतन्त्र सिध्याउनु भनेको काँग्रेसलाई सिध्याउनु हो,” उनले भने।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस नेवि संघको जगमा उभिएको पार्टी भएकाले कांग्रेसलाई जोगाउने काम नेवि संघको भएको बताए।

पार्टीका महामन्त्री डा शशांक कोइरालाले नेपालको लोकतन्त्रलाई समाप्त पार्न बाम गठबन्धन भएको बताए। उनले इतिहास, सिद्धान्त र कार्यकर्ता भएकाले काँग्रेसप्रति जनताको आकर्षण बढ्दै गएको उल्लेख गरे।

सूचना तथा सञ्चारमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन विद्यार्थीलाई आवश्यकताअनुसार परिचालन गनुपर्ने बताए। केन्द्रीय सदस्य डा प्रकाशशरण महतले लोकतन्त्र बचाउन नेविसंघले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.