विद्युत प्राधिकरणका प्रमुख कुट्ने चारविरुद्ध मुद्दा दर्ता
बर्दिबास:नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्रहक सेवा निर्देशनालय बर्दिबास प्रशाखा प्रमुख बद्रीप्रसाद सिंह सहिट ६ जना कर्मचारीहरुलाई कुटपिट गरेको आरोपमा चार जनामाथि प्रहरीले मुद्दा चलाएको छ।
आइतबार कार्यालयमै गएर कुट्ने महोत्तरीको बर्दिबास नगरपालिका-६ किसान नगरका श्रवन महतो, संजीव कापर, गंगाराम महतो र रमेश महतोमाथि प्रहरी मुद्दा दर्ता गरेको हो।
चारै जनमाथि केही सार्वजीनक आपराधको शीर्षकमा मुद्दा दर्ता गरिएको र तीन जनमाथि अझै अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी प्रवीण पोखरेलले बताए।
भोल्टेज नपुग्दा किसाननगरका स्थानीयहरु बाध्य भए हुकिङ्ग गरेर विद्युत चोरी गरेर प्रयोग गर्दै आइरहेका थिए। आइतबार बिहान प्रहरी र विद्युत कर्मचारीहरुले विद्युत चुहावाटको क्रममा डाइरेक्ट हुकिङ्ग गरेर विद्युत चोरी गरेको आरोपमा १ दर्जन मानिसहरुलाई पक्राउ गरेका थिए।