ओलीको गृहनगरमा १ अर्ब २९ करोडको बजेट

ओलीको गृहनगरमा १ अर्ब २९ करोडको बजेट

दमक: एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा १ अर्ब २९ करोड ४३ लाख २ हजार ४ सय ८७ रुपैयाँको बजेट सार्वजनिक गरिएको छ। दमक नगरपालिकाको पहिलो नगरसभाबाट आर्थिक बर्ष २०७४÷७५ का लागि मंगलबार महत्वकांक्षी बजेट सार्वजनिक गरिएको हो। चालु आर्थिक वर्षका लागि सार्वजनिक बजेटमा आन्तरिक स्रोतबाट १३ करोड १९ लाख ९७ हजार १ सय २० र बाह्य स्रोतबाट १ अर्ब १४ करोड ४९ लाख ६० हजार २७ रुपैया संकलन गरिने जनाईएको छ।

नगरपालिकाले आन्तरिक स्रोतमा स्थानीय कर शीर्षकबाट ७ करोड ६७ लाख ७१ हजार ५ सय, सेवा शुल्कबाट २ करोड ५० लाख ७५ हजार ६ सय २० , दस्तुरबाट २ करोड ३९ लाख ५० हजार र अन्य आयबाट रु ६२ लाख आम्दानी गरिने वजेटमा समावेश गरिएको छ।

बाह्य स्रोतबाट नेपाल सरकारबाट ६९ करोड ३९ लाख २१ हजार, प्रदेश सरकारबाट १४ करोड ५० लाख, सामाजिक सुरक्षा कार्यक्रम मार्फत १० करोड २५ लाख, एलजीसिडीपी कार्यक्रमबाट ४० लाख, सडकबोर्डबाट ७० लाख, नगर विकास कोषबाट रु १५ करोड,लागत सहभागिता योजनाबाट ३ करोड, , गत वर्षको मौज्दात १ करोड २५ लाख ३९ हजार २७ रुपैया संकलन गरिने जनाएको छ।

दमकमा रहेको १० वटै वडाका जनतालाई स्वरोजगार बनाउन नगरपालिकाले वडाहरुलाई छुट्याएर पकेट क्षेत्र घोषणा गरेको छ। जस अन्तर्गत वडा नम्बर १ लाई ढाका उत्पादनको पकेट क्षेत्र, वडा नम्बर ७ लाई दौरा, सुरुवाल लगायत नेपाली राष्ट्रियता झल्कने सामाग्रीको पकेट क्षेत्र र वडा नम्बर ८ लाई अचार उत्पादन पकेट क्षेत्र बनाउने जनाईएको छ।

अन्य ७ वटा वडालाई क्रमश पकेट क्षेत्र घोषणा गर्दै जाने उपप्रमुख अधिकारीले बताईन्। कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नको लागि कृषि समूहलाई तालिमको व्यवस्था गर्ने देखि लिएर शहरी क्षेत्रमा कौशी खेतीलाई प्रोत्साहन गर्ने समेत कार्यक्रम समेटिएको छ।

त्यस्तै दमक नगरपालिकाको ग्रामिण क्षेत्र वडा नम्बर ३, ९ र १० का अधिकांश क्षेत्रमा विद्युत विस्तार नभएकोले सो क्षेत्रमा विद्युत विस्तारका लागि करिब ३ करोड लाग्ने दमक नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले ९ ओटा योजनालाई नगरगौरवका योजनाका रुपमा सुचिकृत गरेको छ।

विश्वकै अग्लो बुद्धमुर्ती सहितको पार्क, बजार स्थित सुनटोलमा सपीङ् कम्प्लेक्स, बजारमा नमूना बजार, मुक्तिघाट निर्माण, फाल्गुनन्द सभागृह, ग्रीनबेल्ट सहितको चक्रपथ, औद्योगीक क्षेत्र, आकाशे पुल र पार्क सहितको भ्यु टावर निर्माण रहेका छन्। ति मध्ये आकाशे पुल निर्माण भई सञ्चालनमा आई सकेको छ भने नमूना बजार अन्तिम चरणमा पुगेको छ।

स्थानीय सरकारको रुपमा कार्यान्वयनमा आएको नगरपालिकाले संवैधानिक अधिकार प्रयोग गरि ११ ओटा बिभिन्न कानून पनि निर्माण गरेको छ। ती मध्ये केहि ऐन तथा कार्यबिधी रहेका छन् । यस्तै एक घर दुई बिरुवा चार गमला अभियानलाई प्रभावकारी बनाउने, हरित नगर समृद्ध दमकको उद्घघोषलाई कार्यान्वयन दर्विलो पार्ने उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.