वाम गठबन्धन र लोकतान्त्रिकलाई आफ्नैबाट चुनौती

वाम गठबन्धन र लोकतान्त्रिकलाई आफ्नैबाट चुनौती

बेनी: गठबन्धन बनाएर निर्वानमा होमिएका दलहरुलाई आफ्नैबाट बढी चुनौती देखिएको छ।आइतबार मनोनयन दर्तापछि म्याग्दीका बामगठबन्धन र लोकतान्त्रिक गठबन्धनलाई आफ्नैबाट चुनौती थपिएको देखिएको छ। प्रतिनिधीसभाका लागि म्याग्दीबाट नेपाली काँग्रेसबाट सभापति खम्बीर गर्बुजा, वाम गठबन्धनबाट एमालेका भुपेन्द्र थापा, राप्रपा प्रजातान्त्रिकबाट रुपनारायण श्रेष्ठ, एकिकृत राप्रपा राष्ट्रबादीबाट रामबहादुर शाही र मँगोल नेशनल अर्गनाइजेशनबाट रनबहादुर फगामी, राष्ट्रिय जनमुक्ति पार्टीका तिलकबहादुर थापा र राष्ट्रिय जनमोर्चाबाट फौदबहादुर कार्कीले उम्मेदवारी दर्ता गरेको छन्।

 

त्यस्तै, प्रदेशसभा सदस्यका लागि क्षेत्र नं १ मा काँग्रेस-राप्रपा गठबन्धनबाट भीमप्रसाद गौचन, वाम गठबन्धनबाट माओबादी केन्द्रका विनोद केसी, राप्रपा प्रजातान्त्रिकबाट बलबहादुर सुनुवार, स्वतन्त्र उम्मेदवारका रुपमा नेत्र बहादुर महत र कर्णबहादुर भण्डारी (केवी)ले उम्मेदवारी दिएका छन्।

महत नेपाली काँग्रेस म्याग्दीका पूर्वसहसभापति र भण्डारी जिल्ला सदस्य हुन्। महत र भण्डारीले राप्रपासँग गठबन्धन अपवित्र भन्दै स्वतन्त्र उम्मेद्वारी दिएको बताएका छन्।

क्षेत्र नं २ मा काँग्रेसको क्या. अमलाल फगामी, बाम गठबन्धनबाट एमालेकी नरदेवी पुन, राप्रपा प्रजातान्त्रिकबाट बलराम दमाइ र स्वतन्त्रबाट एमाले निकट केपी अधिकारीलको उम्मेदवारी परेको छ।

उनले द्धन्द्धकालमा मारिएका आफ्नो बुबाको सम्मान र माओबादीसँगको गठबन्धन विरुद्ध उम्मेदवारी दिएका जानकारी दिएका छन्। दलहरुले मनोनयन दर्ता गर्नुपूर्व आ-आफ्नो पार्टी कार्यालयबाट र्‍याली निकालेका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार आगामी निर्वाचनका लागि म्याग्दीमा ७५ हजार ५३८ जना मतदाता रहेका छन्।

जिल्लाभर ७२ मतदान स्थल र १०२ मतदान केन्द्र छन्। मंसिर १० मा हुने मतदानका लागि क्षेत्र नं र१ म ४२ हजार ९ सय ८३ र क्षेत्र नं २ मा ३२ हजार ५ सय ४५ मतदाता छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.