पुनर्निर्माणको गतिलाई बढाउँछु : भुसाल

पुनर्निर्माणको गतिलाई बढाउँछु : भुसाल

काठमाडौं  : शाखा अधिकृतबाट निजामति सेवा प्रवेश गरेर कहिल्यै विबादमा नआई नेपाल सरकारको अर्थ सचिवबाट सेवा निवृत्त भएका युवराज भुसाल अन्नतः पुनर्निर्माण प्राधिकरणको प्रमुख बनेका छन्।प्रमुख कार्यकारी अधिकृत नियुक्त भइसकेपछि भुसालले पुनर्निर्माण प्राधिकरणमा भैरहेका कामलाई दु्रत गतिमा अगाडी बढाउने बताए।

 

भुकम्पपीडीतका घर र ऐतिहासिक सम्पदाको पुनर्निमार्णलाई एकसाथ अगाडी बढाउने योजना रहेको उनले सुनाए। ‘राज्यले मेरो योग्यतालाई विश्वास गरेर जुन जिम्मेवारी सुम्पिएको छ, त्यसलाई छिटो र छोटो बाटो अपनाएर पूरा गर्नेछु'उनले भने ‘भुकम्पपिडीतको घर निर्माण सम्पन्न गरी उनीहरुको मुहारमा खुसी ल्याउनु र राज्यका धरोहर निर्माण गरेर देशका सम्पदा जोगाउनु मेरो प्रमुख प्रयत्न रहने छ।'

अर्थसचिवबाट सेवा निवृत्त भएपछि भुसाल कर्मचारी प्रशिक्षण प्रतिष्ठामा अध्ययन निर्देशक भएका प्राज्ञिक व्यक्तित्व मानिन्छन्। गुल्मीको साविक बाँझकटेरी गाविस ६ (हाल मदाने गाउपालिका २) मा २०१४ सालमा जन्मेका भुसालले स्थानीय सत्यवती प्राथमिक पाठशालाबाट प्राथमिक शिक्षा लिएका थिए। उनले हिमालय मावि बस्तु, धुर्कोट माध्यमिक शिक्षा उत्तिर्ण गरेका थिए।

पृथ्वीनारायण क्याम्पस, पोखराबाट प्रथम श्रेणीमा स्नातक, त्रिविबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका भुसालले अध्ययनलाई अगाडि बढाउने क्रममा जर्मनीको डोर्टमुण्ड विश्वविद्यालयबाट विकास योजना र एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी र थाइल्याण्डमा विकास अर्थशास्त्रमा स्वर्णपदक प्राप्त व्यक्ति हुन्।

विक्रम संवत २०३७ सालमा शाखा अधिकृतबाट सरकारी सेवा प्रवेश गरेका भुसाल २०४३ सालमा सहायक सचिव हुँदै, २०५० सालसम्म विभिन्न जिल्लामा स्थानीय विकास अधिकारी भई काम गरेका थिए। २०५४ सालमा सह सचिव भएपछि महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयमा करीव १ वर्ष, अर्थमन्त्रालको बजेट महाशाखामा ४ वर्ष, परराष्ट्र मन्त्रालय अन्तर्गत नेपाली महावाणिज्य दुतावास कोलकातामा ३ वर्ष महावाणिज्य दुत भई काम गरेका थिए।

२०६५ सालमा सचिव बनेका उनले २०७१ साउनसम्म भूमिसुधार, प्रशासन पुनः संरचना आयोग, वन, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगमा काम गरेको अनुभव छ। भुसाल विशेष गरी वातावरण, प्राकृतिक श्रोत व्यवस्थापन, स्थानीय सरकार तथा विकेन्द्रिकरण, लैंगिक मामला, विकास योजना र गरीवि निवारणको क्षेत्रमा विशेष दखल भएका व्यक्ति हुन्।

उनी सदस्य सचिव हुँदा प्रशासन पुनर्संरचना आयोगले तयार पारेको सुझाव मुलुक संघीयतमा गएपछि बढी सान्दर्भिक देखिएको छ। अर्थशास्त्रमा पनि राम्रो दखल भएका भुसालले अफगान सरकारले आह्वान गरेको विश्वव्यापी प्रतिस्पर्धाबाट छानिएर एक वर्ष अफगानिस्तानको अर्थ मन्त्रालयमा बजेट सल्लाहकार भई काम गरेका थिए। स्टाफ कलेजमा २ वर्ष अध्यापन गरेका भुसालको अभुभवलाई सरकारले राष्ट्रिय योजना आयोग तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका महत्वपूर्ण परीयोजनामा विज्ञकोरुपमा प्रयोग गरीरहेको छ।

काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलका छोरासँग आफ्नी छोरीको विवाह हुँदा भुसाल नेपाल सरकाको सह-सचिव थिए। अध्ययनमा तिक्ष्ण भएका भुसाल प्रतिस्पर्धाबाटै राज्यको माथिल्लो निकायमा पुगेपनि छोरीको विवाहपछि भने रामचन्द्रसँग नाम जोडिन थाल्यो। सरकारी सेवाबाट अवकासपछि पनि आफ्नो क्षमतालाई राज्यका विभिन्न निकायमा रहेर सेवा गर्न चाहने भुसाललाई तर सम्धि साइनोपछि कुनै राजनीतिक लाभ भने भएको छैन। उनको नाम अन्य आधा दर्जन क्षेत्रमा चर्चा चलेपनि उनले कतै पनि नियुक्त पाउन सकेका थिएनन्।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.