भोजपुरमा महिलाको उम्मेदवारी शून्य

भोजपुरमा महिलाको उम्मेदवारी शून्य

भोजपुर: आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरमा महिलाको उम्मेदवारी शून्य भएको छ। भोजपुरमा १२ वटा दलले मनोनयन दर्ता गर्दासमेत महिलाको उम्मेदवारी कुनै दलबाट नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको हो।३३ प्रतिशत महिला सहभागिताको कुरा उठे पनि मुख्य दलबाट नै महिला उम्मेदवार नपरेको बताइएको छ।

 

नेपाली काँग्रेस र संघीय समाजवादी फोरम नेपालको गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि उमेशजंग रायमाझी, भोजपुर क्षेत्र नं १ बाट संघीय समाजवादी फोरमका तर्फबाट अजम्वर राई काङ्माङ र भोजपुर क्षेत्र नं २ बाट काँग्रेसका तर्फबाट गोविन्दबहादुर कार्कीको उम्मेदवारी परेको थियो।

त्यस्तै, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को बाम गठबन्धनबाट प्रतिनिधिसभाको लागि माओवादी केन्द्रका सुदन किराँती, प्रदेश सभाको लागि भोजपुर क्षेत्र नं १ बाट एमालेका राजेन्द्रकुमार राई र क्षेत्र नं २ बाट एमालेकै शेरधन राईको नाम दर्ता भएको हो।

साना दलबाट प्रतिनिधिसभाका लागि मंगोल नेशनल अर्गनाइजेशनबाट चन्द्रप्रसाद राई, नेकपा (क्रान्तिकारी माओवादी)का तर्फबाट डिल्लीराम बोहोरा, नयाँशक्ति पार्टीबाट युवराज कटुवाल, राजपा नेपालबाट धु्रवराज राई, संघीय लोकतान्त्रिक मञ्चबाट केदार राई र नेकपा (माले) बाट अनिल बस्नेतले उम्मेदवारी दर्ता गराएको छ।

त्यस्तैगरी, प्रदेशसभा १ बाट स्वतन्त्रमा खुसीराज गुरुङ र मंगोल नेशनल अर्गनाइजेशनका मोजेश राईको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.