बर्दिबासमा डेंगु आतंक, संक्रमितको संख्या ३ सय ६१ पुग्यो
बर्दिबास: महोत्तरीको बर्दिवासमा फैलिएको डेंगुको संक्रमणबाट स्थानीयहरु आक्रान्त बनेका छन्। अस्पतालमा ज्वरो लागेर विरामी भएकाहरु अस्पताल पुगेका मध्येबाट दिनहुँ दुई दर्जन मानिसमा डेंगुको संक्रमण फेला पर्ने गरेका छन्। असोज दोस्रो सातादेखि बर्दिबासमा फैलिएको डेंगुबाट संक्रमितको संख्या बढेको बढैछ। डेंगु नियन्त्रणको प्रयास विफल बन्दै गएको छ।कात्तिक ७ गते सबैभन्दा बढी २९ जनामा डेंगुको संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरिक्षक तथा डेंगु नियन्त्रण फोकल पर्सन सन्तोष ठाकुरले बताए।
'बुधबारसम्मा तीन सय ७९ जनामा डेंगुको संक्रमण भेटियो।स्वास्थ्य कार्यालयको सम्पूर्ण समय डेंगु नियन्त्रणमै केन्द्रित छ। तर, डेंगुकाका विरामी घटनुको साटो बढेको बढैछ,' उनले भने, 'डेंगु नियन्त्रणको लागी जनअभियान जारी छ।' यहाँ पाँच जनाबाट सुरु भएको डेंगु संक्रमितको क्रमशः तिब्र गतिमा फैलिदैं गएको हो।
बर्दिवास नगरपालिकाको वडा नम्बर १, २, ३, ५, ६, ९, ११ र १४ का सबैभन्दा बढी स्थानीयहरु डेंगु प्रभावित भएका हुन्। सरोकारवाला निकायले डेंगु नियन्त्रणको प्रयास गरे पनि सफल हुन सकिरहेका छैन।
नेपाल पत्रकार महासंघ महोत्तरीको सभाकक्षमा जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले सेभ द चिड्रेनको सहयोगमा आयोजना गरेको पत्रकारहरुसंगको अन्तिक्रिया कार्यक्रममा डेंगु नियन्त्रणको लागी काम गर्दा पनि नियन्त्रणमा आउन नसकेको बताएको छ।
असोज १५ गतेदेखि बर्दिबास सहित महोत्तरीमा देखिएको डेंगु रोगको संक्रामण बढेको बढेछ। महोत्तरी डेंगुको महामारीबाट उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन्।
'डेंगुको संक्रमण बढेसंगै यहाँका स्थानीयहरु भैवित भएका छन्। ग्यारेजहरुमा राखिएको थोत्रो टायरमा जमेको पानी पानीमा डेंगु सार्ने लाम खुट्टेको लार्भा हुर्केको हो,'अर्का स्वास्थय कार्यालयका जनस्वास्थ निरिक्षक गिरेन्द्र झाले भने, 'अहिलेसम्म महोत्तरीमा मानविय क्षति भएको छैन। तर डेंगुले स्थानीयलाई भने निकै सताएको छ।
'स्थानीय भाषामा डेंगुलाई 'हड्डी तोरबा बोखार' नामले चिनिन्छ। डेंगुको संक्रमण भएपछि उच्च ज्वरो आउने र शरिरका हार्ड तथा जोर्नीहरु मर्ने गरिदुख्ने हुँदा यसलाई 'हड्डी तोरबा बोखार'भनिएको हो।
डेंगु नियन्त्रणको प्रयास प्रभावकारी नहुँदा यस क्षेत्रमा संक्रमण हुनेहरुको संख्या दिनानुदिन थपिँदै गएको गौरीबासका फारस कार्कीले बताए। उनले भने, 'जनचेतना अभियान नै सुस्त गतिमा चलेको छ।
डेंगु फैलाउने लाम खुट्टेको टोकाईबाट मानिहरु डेंगु दिन दुई गुना रात चौ गुना फैलिरहेको छ।'असोजमा यहाँ स्वास्थ्यकर्मीसहित ५ जनामा देखापरेको डेंगु दर्जनौंमा फैलिएको छ।
बर्दिबास अस्पताल, बर्दिवास जनसेवा हस्पिटल, शुभस्वस्तिक हस्पिटलमा दिनहुँ १० देखि १५ हाराहारीमा डेंगुका बिरामी आउने गरेका छन्।डेंगु रोगका बिरामी दिनहुँ ठूलो संख्यामा फेला पर्न थालेपछि यस क्षेत्रका बासिन्दा त्रसित बनेका जनता माध्यमिक विद्यालय बर्दिबासका विद्यालय व्यवस्थान समितिका सदस्य शंकर महतोले बताए।
डेंगु नियन्त्रणका लागि सर्च एण्ड डिस्ट्रोय कार्यक्रम सञ्चालन गरे पनि त्यो प्रभावकारी हुन सकेको छैन।
'डेंगुको संक्रमणबाट महोत्तरी उच्च जोखिममा छ,'स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख राजीव झाले अन्नपूर्णसंग भने, 'डेंगु फैलिएको तीन साता पुग्यो।हामी नियन्त्रणको प्रयास गरिरहेका छौं। तर डेंगुबाट मानिसहरु दिनानुदिन प्रभावित हुने क्रममा तिब्र गतिमा छ।'
बर्दिवास नगरपालिकालाई सरोकारवालाहरुले डेंगु रोगको दृष्टिकोणले संकटगस्त क्षेत्र घोषणा गरेर नियन्त्रणका सम्पूर्ण प्रयास गर्न नगरवासीले माग गरेका छन्। बर्दिबास नगरपालिका मेयर विदुर कुमार कार्कीले डेंगु नियन्त्रणको लागि कात्तिक १० गते बर्दिबास चोकमा जनसभा गर्ने बताए।