पुरुषमा आर्मी र महिलामा एपीएफ पहिलो

पुरुषमा आर्मी र महिलामा एपीएफ पहिलो

 

पोखरा : पोखराको फेवाताल किनारमा शनिबार भएको सातौं राष्ट्रिय ट्रायथलन च्याम्पियनसिपमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ एपीएफ क्लबले पहिलो स्थान हात पारेका छन् । नेपाल ट्रायथलन संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष ट्रायथलनतर्फ आर्मीका वसन्त थारू पहिलो भए । थारूले सात सय ५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर रन सम्मिलित दूरीमा पहिलो स्थान हात पारेका हुन् । थारूले निर्धारित दूरी एक घन्टा ६ मिनेट १९ सेकेन्डमा पूरा गरेका थिए ।

 



दीपेश चौधरीले एक घन्टा सात मिनेट ५० सेकेन्ड तथा रुद्र कटुवालले एक घन्टा नौ मिनेट १५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान हात पारे । दोस्रो र तेस्रो स्थान हात पार्ने दुवै खेलाडी आर्मीकै हुन् ।

महिलातर्फ एपीएफ क्लबकी सोनी गुरुङले स्वर्ण जितिन् । उनले एक घन्टा २२ मिनेट २४ सेकेन्डमा निर्धारित दूरी पूरा गरेकी थिइन् । आर्मीकी यमकुमारी भुजेल एक घन्टा २६ मिनेट ५५ सेकेन्डका साथ दोस्रो भइन् ।

यसैगरी द्वाथलनतर्फ महिलामा प्यूठानकी हुमी बुढामगरले पहिलो स्थान हात पारिन् । उनले निर्धारीत दूरी एक घन्टा १० मिनेट ५५ सेकेन्डमा पूरा गरिन् । यस्तै आर्मीकी मञ्जु खड्का दोस्रो र झापाकी शान्तिकला राई तेस्रो भइन् । पुरुषतर्फ आर्मीका मानबहादुर थापाले निर्धारित दूरी ५७ मिनेट ३६ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हात पारे । किरण मल्ल दोस्रो र लक्ष्मण मल्ल तेस्रो बने । दुवै खेलाडी एपीएफका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.