उपेन्द्र यादवविरुद्ध राजपाका नेता ठाकुर

उपेन्द्र यादवविरुद्ध राजपाका नेता ठाकुर

राजविराज : सुरक्षित क्षेत्र खोज्दै सुनसरी र मोरङ छाडेर सप्तरीबाट चुनाव लड्न आएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध राजपाका नेताले वागी उम्मेदवारी दिने भएका छन्। सप्तरी निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभाका लागि फोरमका अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी निश्चित भएपछि राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले मंगलबार उम्मेदवारी घोषणा गरेका हुन्।

राजविराजमा आयोजित पत्रकार सम्मेलनमा ठाकुरले पार्टीको गलत निर्णयविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्दै पार्टीको सह महामन्त्रीलगायत साधारण सदस्यसमेत परित्याग गरेको घोषणा गरे।

यसैगरी गत शनिबारदेखि आमरण अनसन बसेका राजपाका क्षेत्रीय सभापति लक्ष्मण यादवले समेत प्रदेश सभाका लागि मंगलबार स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।

निष्ठावान र सक्रिय कार्यकर्तालाई पाखा लगाई पार्टीले टिकट वितरणमा भेदभाव गरी नातावाद, पहुँच र व्यक्तिवादका आधारमा टिकट वितरण गरेको भन्दै सुरु गरेको अनसन भने मंगलबार अपरान्हदेखि उनले स्थगित गरेका छन्। उनले प्रदेशसभामा आफ्नो स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै अन्य उम्मेदवारको खोजी गरी बागी उम्मेदवारी दिने बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.