टिकटमा भागबन्डा नमिलेपछि एमाले कार्यालयमा आमरण अनशन

 टिकटमा भागबन्डा नमिलेपछि एमाले कार्यालयमा आमरण अनशन


राजविराज: उचित ढंगले टिकट बाँडफाँड नभएको भन्दै आक्रोशित नेकपा एमालेका जिल्ला नेताहरुले मंगलबार अपरान्हदेखि आमरण अनशन थालेका छन्। दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमाले बलियो भएको क्षेत्रमा माओवादीलाई उम्मेदवारी छाडेको भन्दै जिल्ला सदस्यहरु दुर्गानन्द ठाकुर, अखिलेश झा, सलिम राइन मियाँ र अनेरास्ववियुका जिल्ला अध्यक्ष ललित रजकले अनशन थालेका हुन्।

 

एमाले सप्तरी र प्रदेश कमिटीले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर एकका लागि सर्वसम्मत रुपले सिफारिश पठाएका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज सुमनराज प्याकुरेलले उम्मेदवारी पाउनु पर्ने उनीहरुको माग छ। राजविराजस्थित जिल्ला पार्टी कार्यालयमा अनशन बसेका उनीहरुले अनशनमा नेता-कार्यकताहरुको समर्थन थपिदै जाने दावी गरे।

लामो समय पार्टीलाई योगदान पुर्‍याएका र जनताले रुचाएका प्याकुरेलको टिकट सुनिश्चित गर्न अनशनकारीहरुले माग गरेका छन्। बाम गठबन्धनमा प्रतिनिधि सभा एक र दुई माओवादीलाई, तीन एमालेलाई र चार सुर्य चुनाव चिन्हबाट स्वतन्त्रलाई भागमा परेको छ। यस्तै प्रदेश सभातर्फ एमाले र माओवादीको भागमा चार÷चार सिट परेको छ।

पार्टीको संगठन विस्तारदेखि पार्टीकै लागि जीवन अर्पण गरेका व्यक्तिको मूल्याँकन गरेर टिकट वितरण नगरे चुनाव जित्न गाह्रो हुने अनशनकारीहरुले प्रतिक्रिया दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.