स्वास्थ्यकर्मी नभएपछि स्वास्थ्य चौकीमा तालाबन्दी

स्वास्थ्यकर्मी नभएपछि स्वास्थ्य चौकीमा तालाबन्दी

सिमकोट: स्वास्थ्यकर्मी नियमित नअाउने भएपछि खार्पुनाथ स्वास्थ्य चौकीमा स्थानीय युवाले ताला लगाएका छन्। 

खार्पुनाथ गाउँपालिका-५ मा रहको स्वास्थ्य चौकीमा लामो समय देखि औषधि र स्वास्थ्यकर्मी दुवै नभएको र दैनिक स्वास्थ्य चौकी जाने बिरामीको उपचारमा समस्या आएको भन्दै स्थानीय युवाहरुले ताला लगाएको स्थानीय कमल शाहीले बताए।

 

चौध वर्षका जनक शाहीको टाउकोमा गहिरो चोट लागेर तीन वटा टाँका लगाएको १५ दिन बितिसक्दा पनि स्थानीय स्वास्थ्य संस्थामा टाँका खोल्ने स्वास्थ्यकर्मी नभएपछि स्वास्थ्य कार्यालय पुगेर आक्रोशित भएका युवाहरुले ताला लगाएका हुन्।

गएको दुई महिना भन्दा बढी समयदेखि स्वास्थ्य चौकीका स्वास्थ्य इन्चार्ज कर्णजीत शाहीलगायतका स्वास्थ्यकर्मी स्वास्थ्य चौकी आएका छैनन्। शाहीले अन्नपूर्णसँग भने “गाउँमा नाम मात्रको स्वास्थ्य चौकी छ, नत यहाँ कुनै औषधि छ नत स्वास्थ्यकर्मी नै।”


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.