बागी फकाउँदै वाम गठबन्धन

बागी फकाउँदै वाम गठबन्धन

तुलसीपुर : उम्मेदवारी दर्तासँगै दलहरू निर्वाचन अभियानतर्फ लागेका छन्। दाङमा एमाले माओवादी केन्द्रसँग गठबन्धन बनाएर चुनावी मैदानमा छ भने कांग्रेस एक्लै प्रतिस्पर्धामा छ। अन्य ६ दलले पनि उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचनको चटारो सुरु भएसँगै वाम गठबन्धनलाई बागीले सकसमा पारेको छ। धमाधम बागी परेपछि अहिले एमाले र माओवादी केन्द्र नेतृत्वलाई बागी फकाउन भ्याइनभ्याइ छ। बागी उम्मेदवारहरू सम्पर्कमा आउन नमाने पनि उनीहरूलाई पछ्याउने काम भइरहेको छ।

 

एमाले जिल्ला अध्यक्ष टीकाराम खड्काले बागी उम्मेदवारहरूलाई फकाउन लागिपरेको जानकारी दिए। ‘पार्टीका साथीहरूले असन्तुष्टि कायम गरेर स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभएको छ, हामीले उहाँहरूलाई उम्मेदवारी फिर्ता गरेर आधिकारिक उम्मेदवारलाई सहयोग गर्नुहोस् भनिरहेका छौं', अध्यक्ष खड्काले भने, ‘छलफल जारी छ, कसलाई कहाँ सेटल गर्ने भन्ने तयारी गर्दै छौं।' एमाले सचिव हीराचन्द्र केसीले क्षेत्र नम्बर ३ मा बागी बनेकी गायिका कोमल वलीलाई पार्टीको जिम्मेवारी दिने र सरकार गठनपछि जिम्मेवार पदमा नियुक्त गर्ने विषयमा छलफल भइरहेको बताए।

माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज निर्मल आचार्यले जिल्लामा पार्टीका संस्थापक नै स्वतन्त्र उम्मेदवार बनेकाले यस विषयमा छलफल भइरहेको बताए। बिहीबारदेखि नै बागी उम्मेदवारसँग छलफल भइरहेको जानकारी उनले दिए। कुनै पनि हालतमा आधिकारिकबाहेकका उम्मेदवारी फिर्ता हुने उनको दाबी छ। ‘उहाँ पार्टीको संस्थापक नै हो', उनले भने, ‘केही अन्याय भएको छ, अन्याय हुन नदिने गरी मिलाउँदै छु।'

स्वतन्त्र उम्मेदवारी दिएकाहरूले भने उधारो सम्झौता नगर्ने र उम्मेदवारी पनि फिर्ता नलिने अडान लिएका छन्। क्षेत्र नम्बर ३ (१) मा बागी उम्मेदवारी दिएका माओवादी केन्द्रका पूर्वजिल्ला अध्यक्ष कुवेर ओलीले पार्टीले अन्याय गरेकाले उम्मेदवार बनेका कारण फिर्ता नलिने बताए। उम्मेदवारी फिर्ताका लागि विभिन्न अफर आइरहेको सुनाउँदै उनले उधारो सम्झौतामा पछि नहट्ने ठोकुवा गरे। उनलाई राष्ट्रिय सभामा लैजाने प्रस्ताव आएको छ।

कोमल वलीलाई चलचित्र विकास बोर्डको अध्यक्ष बनाउने र पार्टीको प्रदेश नेतृत्वमा लैजाने प्रस्ताव।

क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा बागी बनेकी कोमल ओलीले एमालेले धोका दिएका कारण न्यायका लागि जनतामाझ गएको बताइन्। उम्मेदवारी फिर्ता नगर्ने उनको भनाइ छ। उनलाई चलचित्र बोर्डको अध्यक्ष र पार्टीको प्रदेश नेतृत्वमा लैजाने प्रस्ताव आएको छ। कांग्रेस भने चुनावी रणनीति बनाउन व्यस्त देखिएको छ। स्थानीय तहमा बागी सामना गरेको कांग्रेस अहिले पार्टी निर्णयअनुसार नै उम्मेदवारी परेपछि चुनावी रणनीतिमा जुटेको हो। पार्टी सचिव शंकरप्रसाद डाँगीले कांग्रेसको विरासत कायम राख्ने गरी चुनावी रणनीति तय हुन लागेको बताए। सबै क्षेत्रमा जित हात पार्ने रणनीति रहेको उनको भनाइ छ।

बागीको बिगबिगी

उम्मेदवारी दर्तासँगै राप्तीका केही जिल्लामा केही दललाई आफ्नै कार्यकर्ताबाट सकस देखिएको छ। दाङ र सल्यानमा वाम गठबन्धनलाई बागीको बिगबिगीले समस्यामा पारेको हो। सल्यानमा टिकट वितरणमा असन्तुष्टि जनाउँदै माओवादी केन्द्रका नेताहरूले सेटै बनाएर बागी उम्मेदवारी दिएका छन्। दाङमा पनि वाम गठबन्धनविरुद्ध एमाले र माओवादी केन्द्रका नेताहरूको बागी परेको छ। प्रतिनिधिसभा सदस्यमा हीराचन्द्र केसीको बागी कोमल वली छन्। प्रदेशसभातर्फ जगप्रसाद शर्माका बागी कुवेर ओली र उत्तर ओलीका बागी वाईसीएलका जिल्ला सचिव गेदबहादुर भण्डारी (गोविन्द) छन्।

सल्यानमा प्रतिनिधिसभा सदस्यतर्फ टेकबहादुर बस्नेतका बागी माओवादी केन्द्रकै पूर्वसांसद उमाकान्त शर्मा र ज्ञानबहादुर वली छन्। प्रदेशसभातर्फ एमालेका गुलाबजंग शाहका बागी भीमप्रकाश शर्मा अनि एमालेकै प्रकाश ज्वालाका बागी जितबहादुर पुन छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.