जनार्दन शर्माको घरमा विप्लवको कालो झण्डा
रुकुम: विना विभागीय मन्त्री जनार्दन शर्माको घरमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कालो झण्डा राखेको छ। आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचन बहिस्कार गरेको उक्त पार्टीले माओवादी केन्द्रका नेता शर्माको घरमा विरोध स्वरुप कालो व्यानर राखेको जनाएको छ।
शर्मा बामगठबन्धनका तर्फबाट रुकुम पश्चिमको प्रतिनिधि सभाका उम्मेदवार हुन्। मुसिकोट नगरपालिका ५ सेरिगाउँमा रहेको शर्माको घरमा गएराति कालो झण्डा राखिएको छ। नेपाल कम्युनिष्ट पार्टीको नाममा रहेको झण्डामा 'दलाल संसदीय व्यवस्था मुर्दावाद' लेखिएको छ।
माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोपाल शर्माले भने कसैले पनि कालो झण्डा नराखिएको दावी गरे। यता जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक थम्मन रजालीले पनि घटनाका बारेमा प्रहरी प्रशासनलार्इ जानकारी नभएको समेत बताएका छन्।