बागी उम्मेदवारले उपेन्द्र यादव अप्ठ्यारोमा

बागी उम्मेदवारले उपेन्द्र यादव अप्ठ्यारोमा

राजविराज : फोरम-राजपा गठबन्धनको सहमती विपरित उम्मेदवारी परेपछि मधेस आन्दोलनको केन्द्र रहेको सप्तरीको निर्वाचन आम चासोको विषय बनेको छ। सदरमुकाम राजविराजसहितको महत्वपूर्ण क्षेत्र भएको प्रतिनिधिसभा-२ बाट फोरम अध्यक्ष उपेन्द्र यादवविरुद्ध गठबन्धन गरेकै राजपाका सह महामन्त्री जयप्रकाश ठाकुरले विद्रोह गरेपछि चासोको विषय बनेको हो ।

सुरक्षित क्षेत्र खोज्दै मोरङ र सुनसरी छाडेर सप्तरी रोजेका यादवकै विरोधमा ठाकुरले उम्मेदवारी दिएपछि सप्तरी मात्र नभई प्रदेश नम्बर दुईमै निर्वाचन परिणामको अडकलबाजी सुरु भएको छ। राजपाका कार्यकर्ताको जुलुसका साथ प्रदेश सभामा दुई जनासहित ठाकुरले मनोनयन दर्ता गरेपछि सबैको उत्कुसताको विषय सप्तरीको निर्वाचन बनेको छ ।

यस क्षेत्रबाट वाम गठबन्धनका तर्फबाट निर्वतमान सांसद एवम् पूर्वसिँचाई मन्त्री उमेश यादवको उम्मेदवारीले यहाँको प्रतिस्पर्धा र चुनावी समीकरण झनै रोमाञ्चक बनेको छ। मधेसवादी दलका दुई ‘हेभीवेट’ उम्मेदवारको पक्षमा मत बाडियो भने वाम गठबन्धनका उम्मेदवार उमेश यादवलाई लाभ पुग्ने अडकल एकातिर छ भने ठूलो संख्यामा रहेको यादव समुदायको मत बाँडिए स्वतन्त्र उम्मेदवार ठाकुरले बाजी मार्ने तर्क अर्कोतिर छ। अहिले यहि विषय र विश्लेषण आम मतदाताका बीच बहसको विषय बनेको छ ।

कार्यकर्ता आ-आफ्नो ढंगले जोड घटाउ र यस क्षेत्रको निर्वाचन परिणामबारे फरक अडकलबाजी गर्दै बहसमा उत्रिएका छन्। यसै क्षेत्रबाट कांग्रेसका सकलदेव सुतिहार र नेसपा (गजेन्द्रवाजी)का अध्यक्ष विकास तिवारी समेत मेहनत गरिरहेका छन्। राप्रपा, नयाँ शक्ति, नेकपा (माले), नेमकिपा, देशभक्त लोकतान्त्रिक पार्टी, बहुजन शक्ति पार्टी, राष्ट्रिय शिवसेना पार्टी, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) र अन्य स्वतन्त्र गरी १८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

गठबन्धनको सहमतिका आधारमा पहिलो पटक जन्मथलो सप्तरीलाई रोज्दै उम्मेदवारी दिएका फोरम अध्यक्ष यादवले मधेसको समृद्धि, विकास र संरक्षण गर्न उम्मेदवारी दिएको जनाए । केन्द्रले मनोमानी ढंगले गरेको गठबन्धन जनभावना विपरित भएकाले जनताको चाहनाबमोजिम उम्मेदवारी दिएको ठाकुरको भनाइ छ।

उनले आफ्नो क्षेत्रको प्रदेशसभामा राजपाकै दुई स्थापित नेताहरुको टिमसहित स्वतन्त्रबाट उम्मेदवारी दिएपछि फोरम अध्यक्ष यादव अप्ठ्यारोमा परेका छन्। ठाकुरले स्वतन्त्रबाट उम्मेदवारी दिएपछि फोरमका नेताहरुले राजपालाई छुट्याएको सबै प्रतिनिधि र प्रदेशसभामा स्वतन्त्र भएर उम्मेदवारी दिएका छन् ।

सर्वाधिक मतदाता रहेको राजविराज नगरपालिकाको हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा राजपाका उम्मेदवार ३९ मत अन्तरले फोरम उम्मेदवारलाई पराजित गरी प्रमुख भएका हुन्। गठबन्धन गरेका यी दुई पार्टीको मत जोड्दा अन्य पार्टीहरु टाढासम्म प्रतिस्पर्धामा नरहने देखिएपछि नै फोरम अध्यक्ष यादवले यो क्षेत्र रोजेका हुन्। चुनावी तयारी गरिरहेका र सप्तरीको मधेस आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका ठाकुरले पनि चुनाव जित्न सहज हुने अपेक्षा गरेर नै स्वतन्त्र उम्मेदवार बनेका हुन्।

वाम गठबन्धनका उम्मेदवार उमेश यादवले सिँचाई मन्त्री हुँदा कृषि र सिंचाइका क्षेत्रमा गरेको विकास निर्माण कार्य र स्थानीयको सुख-दुःखमा दिएको साथको जनताले उचित मूल्यांकन गरी विजयी बनाउनेमा विश्वास व्यक्त गर्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.