मुख्य दलका घोषणापत्र : स्वास्थ्यसम्बन्धी मुद्वामा प्रतिवद्वता मात्रै

मुख्य दलका घोषणापत्र : स्वास्थ्यसम्बन्धी मुद्वामा प्रतिवद्वता मात्रै

काठमाडौं : मुख्य राजनीतिक दलले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि प्रस्तुत गरेको घोषणापत्रमा समावेश गरेका स्वास्थ्य सुधारका योजनाले मतदातालाई आकर्षण गर्न सकेको छैन । यसले मुलुककै समग्र विकासमा प्रत्यक्ष प्रभाव पारिरहेको स्वास्थ्य क्षेत्रलाई राजनीतिक दलले गम्भीरतापूर्वक नलिएको पुष्टि भएको छ ।

घोषणपत्रमा स्वास्थ्य नीतिको मर्मअनुसार स्वास्थ्य सुधारका कार्यक्रम अघि सारेको दाबी गर्ने कांग्रेसले उपचार सुविधा नपाई कुनै पनि नेपाली नागरिकको अकालमा मृत्यु हुन नदिने महत्वाकांक्षी योजना अघि सारेको छ । वाम गठनबन्धन (नेकपा एमाले—माओवादी केन्द्र)ले पनि ‘सबै नागरिकलाई सुलभ सेवा' भन्ने नारा अघि सार्दै स्वास्थ्य सुधारको प्रतिबद्धता जनाएको छ ।

अस्पताल निर्माणमा फरक योजना

स्थानीय तहको अस्पताल निर्माणमा कांग्रेस र वाम गठबन्धनको योजना विभाजित देखिएको छ । निर्वाचनसँग हरेक गाउँपालिकामा प्रसूति सेवासहित कम्तीमा १५ शड्ढयाको एउटा अस्पताल सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयको पूर्ववत् योजनालाई कांग्रेसले आफ्नो नयाँ योजनाका रूपमा प्रस्तुत गरेको छ । सबै नगरपालिकामा आवश्यकता हेरी २५ देखि ५० शड्ढयाको आधुनिक अस्पताल निर्माण गर्ने योजना कांग्रेसले अघि सारेको छ । वाम गठबन्धनले भने गाउँपालिकामै कम्तीमा २५ तथा नगरपालिकामा ५० शड्ढयाको अस्पताल निर्माण गर्ने दूरगामी योजना सार्वजनिक गरेको छ ।

स्थानीय तहका अस्पताललाई ठूला नगर क्षेत्र, प्रदेश र केन्द्रीयस्तरका अस्पतालको सेवासँग आबद्ध गर्ने योजना कांग्रेसले अघि सारेको छ । त्यसैगरी, वाम गठबन्धनले स्थानीय तहका प्रत्येक वडामा आवश्यक दक्ष जनशक्ति, औषधि, उपकरण, प्रविधि र स्वास्थ्यकर्मीसहितका स्वास्थ्यचौकी र घुम्ती स्वास्थ्य सेवा सञ्चालन गरिने योजना अघि सारेको छ । वाम गठबन्धनले प्रत्येक प्रदेश सदरमुकाममा सुविधासम्पन्न एक हजार शड्ढयाको अस्पताल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । ती अस्पतालसँग सुविधासम्पन्न रोग पहिचान केन्द्र सञ्चालन गर्ने योजनासमेत समावेश गरेको छ ।

बाल तथा मातृमृत्युदर घटाउने महत्वाकांक्षी योजना

कांग्रेसको घोषणपत्रमा नवजात, शिशु र मातृ मृत्युदर न्यून गराउन नर्सिङ सेवाको तालिम दिएर आफ्नै वडामा स्वयंसेविकलाई पारि श्रमिकको व्यवस्थासहित उपचारमा खटाउने उल्लेख छ । आगामी १० वर्षभित्र शिशु मृत्युदरप्रति एक लाख जीवित जन्ममा १५ भन्दा कम र मातृ मृत्युदर ५० भन्दा कम गर्ने अठोट कांग्रेसको छ । त्यसका लागि बाल तथा मातृ मृत्युदरका कार्यक्रम हरेक घरमा पुर्‍याउने र सुनौलो हजार दिन कार्यक्रम विस्तार गर्ने कांग्रेसले घोषणा गरेको छ । त्यसैगरी, वाम गठबन्धनले खोप र पोषणयुक्त खानाबाट बाल मृत्युदर शून्यमै पुर्‍याउने घोषणा गरेको छ ।

स्वास्थ्य बिमामा एकमत

प्राविधिक रूपमा झन्झटिलो र महँगो मानिएको स्वास्थ्य बिमा कार्यक्रमलाई सुलभ तथा अनिवार्य बनाई त्यसलाई मुलुकभर विस्तार गर्ने योजना कांग्रेस र वाम गठबन्धन दुवैले बनाएका छन् । कांग्रेसले प्रत्येक नागरिकको स्वास्थ्य बिमा सुनिश्चित गर्न गैरसरकारी क्षेत्रलाई सेवाप्रदायकका रूपमा परिचालन गर्ने घोषणा गरेको छ । वाम गठबन्धनले भने गरिब नागरिकको ५० प्रतिशत प्रिमियम सरकारले तिर्नुपर्ने व्यवस्था मिलाउने प्रतिबद्धता गरेको छ ।

ओझेलमा रोग प्रवद्र्धनात्मक कार्यक्रम

उचित शिक्षा र चेतान विस्तार अभावमा विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित हुने नेपालीको संख्या बढ्दै गएका बेला राजनीतिक दलले रोग उपचारलाई बढवा दिने हिसाबमा योजना अघि सारेका छन् । स्वास्थ्य मन्त्रालयले लामो समयदेखि उपचार सहायता उपलब्ध गराउने कार्यक्रम अन्य रोगमा पनि लागू गर्ने योजना कांग्रेसको एजेन्डामा परेको छ । सरकारले निःशुल्क गरेको मुटुरोगको उपचार, मिर्गौलाको डायलासिस, प्रत्यारोपण सेवा, नवजात शिशुको निःशुल्क उपचार कार्यक्रमलाई मुलुकभर विस्तार गर्ने योजना छ ।

वाम गठबन्धनले १५ वर्षमुनिका बालबालिका र ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि सारेको छ । विकट गाउँमा एम्बुलेन्सको व्यवस्था गर्ने भन्दै आकस्मिक दुर्घटना, प्राकृतिक प्रकोप र विपद्बाट हुने घाइतेहरूको सम्पूर्ण उपचार निःशुल्क गर्ने योजनासमेत समावेश गरेको छ । पाठेघरको मुखको क्यान्सर परीक्षणलाई स्थानीय तहसम्म विस्तार गर्ने कांग्रेसको योजना छ । सुत्केरी आमालाई दुई वर्षसम्म पोषण कुपन वितरण गरिने र गर्भवती महिलाको पोषणका लागि नियमित भत्ताको व्यवस्था गर्ने प्रतिबद्धता कांग्रेसको छ । आगामी पाँच वर्षभित्र हरेक घरमा सुरक्षित खानेपानी पुर्‍याउने महत्वाकांक्षी योजनासमेत कांग्रेसले समावेश गरेको छ । वाम गठबन्धनको हरेक घरमा अनिवार्य शौचालय र धुवाँरहित चुलो व्यवस्था गर्ने योजना छ । सुर्तीजन्य पदार्थ नियन्त्रण, मदिरा उत्पादन र बिक्री-वितरणमाथि नियमन गर्ने वाम गठबन्धनको घोषणापत्रमा उल्लेख छ ।

जनशक्ति परिचालनमा प्रतिस्पर्धा

स्वास्थ्य क्षेत्रमा मुख्य चुनौतीका रूपमा देखिएको जनशक्ति परिचालन र टिकाउ सम्बन्ध कार्यक्रम योजनामा दलहरू प्रतिस्पर्धामा उत्रिएका छन् । कांग्रेसले सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई गाउँ तहसम्म पठाउने कार्यक्रमलाई आकर्षक र प्रभावकारी बनाउने, स्वास्थ्य संस्थामा दरबन्दीअनुसार प्राविधिक र प्रशासनिक कर्मचारीको व्यवस्थापन गर्ने घोषणा गरेको छ । त्यस्तै, वाम गठबन्धनले सरकारी चिकित्सकलाई दुई गुणा बढी तलब र भत्ताको व्यवस्था गर्ने र अतिरिक्त समय काम गर्नेलाई भत्ताको व्यवस्था गर्ने घोषणा गरेको छ । सरकारी स्वास्थ्यकर्मी तथा चिकित्सकलाई अन्यत्र काम गर्न नदिने योजनासमेत गठबन्धनले अघि सारेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.