एड्स फाउन्डेसनको ३० औं वार्षिकोत्सव मनाइयो

एड्स फाउन्डेसनको ३० औं वार्षिकोत्सव मनाइयो

काठमाडौं : एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) को ३० औं वार्षिकोत्सव मनाइएको छ । एएचएफ नेपालले राजधानीमा विशेष कार्यक्रमसहित ३० औं वार्षिकोत्सव मनाएको हो ।उक्त कार्यक्रममा एएचएफ नेपालका राष्ट्रिय कार्यक्रम व्यवस्थापक दीपक ढुंगेलले संस्थाले आफ्नो ३० औं वर्ष पुगेको अवसरमा नेपालका एचआईभी संक्रमितहरुलाई गुणस्तरीय जीवन निर्वाहमा थप साथ र सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाए ।

उनले एएचएफ नेपालमार्फत ६ हजारभन्दा बढी एचआईभी संक्रमितहरुले उपचारसँगै जिविकोपार्जनमार्फत लाभान्वित हुँदै आएको बताए ।

एचआईभी÷एड्सको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पैरवी गर्दै आएको एएचएफ नेपालले पूर्वमा वीरगञ्जदेखि पश्चिम कैलालीमा क्षेत्रीय सेवा केन्द्र स्थापना गरी सेवा प्रवाह गर्दै आएको छ । एएचएफ नेपालले राजधानीको वीर र टेक अस्पतालमा एआरटी केन्द्र स्थापना गर्दै सेवा दिँदै आएको छ । त्यस्तै ललितपुरमा स्पर्श संस्थामा एआरटी सेवा दिँदै आएको राष्ट्रिय कार्यक्रम व्यवस्थापक ढुंगेलले जानकारी दिए ।

उनका अनुसार कैलालीमा सेती अञ्चल अस्पताल र टीकापुर अस्पताल, कास्कीको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, रुपन्देहीको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पताल र चितवनको भरतपुर अस्पतालमा पनि एआरटी केन्द्रमार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।

वार्षिकोत्सव कार्यक्रममा सहभागी नेपाल सरकार तथा निजी क्षेत्रका प्रतिनिधिहरुले एचआईभी एड्सको क्षेत्रमा एएचएफ नेपालले गर्दै आएको योगदानको प्रशंसा गरेका थिए । उनीहरुले एएचएफलाई नेपालभर आफ्नो सेवा विस्तार गर्न आग्रहसमेत गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकुका निर्देशक डा. तरुण पौडेलले एचआईभी÷एड्स नियन्त्रण एवं रोकथाममा एएचएफ नेपालको योगदान उल्लेखनीय रहेको सुनाए ।

डा. पौडेलले एचआईभी संक्रमणको उच्च जोखिममा रहेका पूर्वी तराईका १६ जिल्लामा आफ्नो सेवा विस्तार गर्न एएचएफसँग आग्रह गरे ।

कार्यक्रममा एचआईभीको क्षेत्रमा कार्यरत चिकित्सकहरुले एचआईभी संक्रमणदर घटे पनि यसले जटिल अवस्थामा पु¥याएपछि मात्रै उपचारमा आउनेहरुको संख्या बढिरहेको बताएका थिए ।

पश्चिम नेपालमा एचआईभी संक्रमण घटिरहे पनि भारतसँग खुला सीमा जोडीका पूर्व नेपालका तराई मधेसमा पछिल्लो समय एचआईभी एड्स संक्रमण बढिरहेको उनीहरुले जानकारी दिए ।

कार्यक्रममा एएचएफले आफ्नो ३० वर्षको अवधिमा गरेको उपलब्धिबारे तयार गरिएको वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो ।

एड्भोकेसी र मार्केटिङसम्बन्धी एकदिने तालिम
यसैबीच एएचएफ नेपालले यहाँस्थित आफ्ना पार्टनर संस्था तथा कर्मचारीहरुको लागि एकदिने एड्भोकेसी र मार्केटिङसम्बन्धी एकदिने तालिम दिएको छ।

तालिममा एएचएफका एसिया प्यासिफिक एड्भोकेसी तथा मार्केटिङ म्यानेजर म्यारी कोहले सहजीकरण गरेकी थिइन् । उनले एचआईभी संक्रमितहरुको उपचार तथा पहिचानसँगै उनीहरुको गुणस्तरीय जीविकाको लागि एएचएफले अन्तर्राष्ट्रियस्तरमै पैरवी, जनचेतना अभियान सञ्चालन गर्दै आएको जानकारी दिइन् ।

त्यस्तै एएचएफ नेपालका राष्ट्रिय कार्यक्रम व्यवस्थापक दीपक ढुंगेलले एएचएफ नेपालले नेपालमा गर्दै आएको गतिविधिबारे प्रकाश पारेका थिए । तालिममा एएचएफद्वारा सञ्चालित एआरटी केन्द्रका प्रतिनिधि, एचआईभी एड्ससम्बन्धी परियोजना सञ्चालन गर्दै आएका सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.