प्रतिवन्धित औषधि तस्करी

प्रतिवन्धित औषधि तस्करी

विराटनगरः खुल्ला सीमानाको फाईदा उठाउँदै भारतबाट नेपालतर्फ प्रतिवन्धित औषधि तस्करी हुने गरेको पाइएको छ। सरकारले पैठारी र प्रयोगमै प्रतिवन्ध लगाएको औषधि सीमा नाका हुँदै नेपालतर्फ ल्याउने गरिएको पत्ता लागेको हो।

नजिकिंदै गरेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सुरक्षा व्यवस्था मिलाउनेतर्फ प्रहरी केन्द्रीत भएको मौका छोपेर औषधि तस्करी हुन थालेको हो। औषधि पसल संचालकहरुकै संलग्नता र मिलेमतोमा तस्करी हुने गरेको प्रहरीले पत्ता लगाएको छ। भारतबाट ल्याइँदै गरेको प्रतिबन्धित औषधि सहित विराटनगरबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोश निरौलाका अनुसार धरान १३ का ३३ वर्षीय गौतम लिम्बू र १७ वर्षीय दीलिप राईलाई पक्राउ गरिएको हो। निरौलका अनुसार उनीहरुका साथबाट ४८÷४८ थान इस्पास्मोप्रोसिभन बरामद भएको छ। ‘भारतबाट प्रतिवन्धित औषधि आइरहेको छ भन्ने विषेश सूचनाका आधारमा उनीहरुलाई पक्राउ गर्न सकिएको हो,’ उनले भने, ‘प्रहरी केही ढिला पुगेको भए उनीहरुले कटाइसक्ने रहेछन्।’

यस अघि इस्पास्मोप्रोसिभनलाई लागूऔषधका रुपमा लिने गरिएको थियो। तर पछि यसलाई लागूऔषध नभइकन प्रतिवन्धित औषधि भनेर भनिएको छ।
चिकित्सकहरुका अनुसार यो औषधि प्रशव पीडा भएका महिलाहरुमा प्रयोग गरिन्छ। प्रतिवन्धित औषधिसहित पक्राउ परेका दुबै जनालाई प्रहरीले आवश्यक कारवाहीका लागि औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगरमा पठाएको छ। कार्यालयले दुबै जनालाई पाँच ÷पाँच हजार रुपैयाँ धरौटी लिएर छाडेको छ।

त्यस्तै भन्सार छली गरेर औषधि ल्याउँदै गरेको अवस्थामा प्रहरीले बुधबार राति विराटनगर १६ हुलासमेटल नकिजैबाट एक जनालाई पक्राउ गरेको छ । अवैध रुपमा औषधि ल्याउँदै गर्दा सीमा प्रहरी चौकीका प्रमुख नायव निरीक्षक दीपक यादव नेत्रृत्वको टोलीले विराटनगर १६ का २२ वर्षीय अशुतोष कर्णलाई पक्राउ गरेको हो। भन्सार कार्यालयमा बुझाउनु पर्ने महशुल नबुझाइकन अवैध बाटोबाट औषधि ल्याउँदै गर्दा कर्णलाई पक्राउ गरिएको प्रनि निरौलाले बताए।

प्रहरीले उनको साथबाट दाद र लुतोमा प्रयोग गरिने ग्रेफाइटस आईमेन्ट, क्यारिबोरियम ,क्यालेन्डुला, फेरमफोस्फोसिएम सिक्स एक्स लगायतका औषधि ठूलो परिणाममा फेला पारेको छ। यी औषधि भने भन्सार तिरेर नेपाल ल्याउन पाइन्छ। भन्सार तिरेर ल्याउनु पर्नेमा भन्सार छली गरेर ल्याएका कारण पक्राउ गरिएको प्रहरीले जनाएको छ। आशुतोषका बुवा आजातकुमार कर्ण रानीका औषधि व्यवसायी हुन्।

भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएको औषधि आजातकुमारले आफ्नो पसलमा राखेर विक्री गर्ने गरेको प्रहरीको भनाइ छ। अवैध रुपमा ल्याइएको औषधि सहित पक्राउ परेका आशुतोषलाई प्रहरीले बिहीबार कारवाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.