स्वास्थ्य शिविरमा थप दुई जनामा डेंगु बिरामी भेटिए
चन्द्रपुरः रौतहटको चन्द्रपुर नपाको मंगलपुरमा दुइसाता अघि देखि डेगुरोगको प्रकोप देखिएपछि शुक्रवार स्वास्थ्य शिविर राखिएको छ।शुक्रबार पौराइको मंगलपुरमा राखिएको शिविरमा थप दुइजना मा डेगु फेला परेको हो।
४९ वर्षीय एक पुरुष र २९ वर्षीया एक महिलामा डेगुरोग फेला परेको हो। एकसय ८६ जना मध्य ३१ जना लाइ डेगुको शका लागेर डेगुरोगको परीक्षण गराउदा दुइ जनामा डेंगु फेला परेको शिविरमा खटिएका चन्द्रनिगाहपुर अस्पतालका डा.अभिनन्दन श्रीवास्तवले जानकारी दिए।
लामखुट्टेको टोकाइ बाट बच्न र ज्वरो आएमा स्वास्थ्य सस्थामा गएर डेगुको परिक्षण गराउनु पर्ने डा.श्रीवास्तवको सल्लाह छ।वडा कार्यालय र नगरपालिकाले यस क्षेत्रमा डेगुको प्रकोप बढेको ले शिविर राख्न आग्रह गरेकाले स्थानियहरुको स्वास्थ्य परीक्षणका लागी गाउमै शिविर संचालन गरेको शिविरका फोकलपर्सन दिपेन्द्र झाले बताएका छन्।
शिविर स्वास्थ्य परीक्षण गराउन आएका धेरै जसो ज्वराको बिरामी भेटिएका छन्। उच्च ज्वरो आएका र डेगुरोग लागेको भेटीएकाहरु लाइ शिविरमा नै उपचार गरीएको छ।
चन्द्रपुर १ पौराइका ४० वर्षीय मोतीराम गोलेको डेगुरोगका कारण केही दिन अघि भरतपुरमा उपचारको क्रममा मृत्यू भएको भइसेको छ।यसअघि १५ जना भन्दाबढी मानिसमा डेगुरोग देखा परेपछि उनीहरुको चन्द्रनिगाहपुरको सरकारी तथा निजी अस्पताल र भरतपुरका अस्पतालहरुमा उपचार भैरहेको छ।
डेगुरोगको शका लागेर दैनिक मानिसहरु चन्द्रनिगापुरका अस्पताल समेत आउने गरेको चिकित्सकहरुले जनाएका छन।उच्च ज्वरो आउने, वाकवाकी लाग्ने,आखा दुख्ने, टाउको दुख्ने, मांशपेसी दुख्ने लक्षण देखा परेमा डेगुरोग लागेको हुन सक्ने भन्दै स्वास्थ्य सस्थामा उपचार गराउन चिकित्सकहरुले सुझाव दिएका छन।
दुइसाता देखी डेगुरोगको प्रकोप बढेपनि जिल्ला जनस्वास्थ्य कार्यालयले रोग नियन्त्रण र उपचारको लागि कुनै काम नगरेको स्थानियको गुनासो पछि शुक्रवार बस्ति नजिकै रहेको हेल्थपोष्टमा स्वास्थ्य शिविर राखिएको हो।