जहाँबाट वाम गठबन्धन सुरु भएको थियो

जहाँबाट वाम गठबन्धन सुरु भएको थियो

पोखरा : स्थानीय तहमा कांग्रेस र माओवादीले गठबन्धन निर्वाचन लड्दा बिरलै ठाउँमा मात्रै माओवादी र एमालेबीच तालमेल भएको थियो । त्यही दुर्लभ तालमेल भएको जिल्ला लमजुङ थियो । तालमेलकै कारण ८ मध्ये ६ वटा स्थानीय तहमा गठबन्धनले जित हाँसिल गर्‍यो । संयोग ती दुई पार्टीले यसपालीको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा देशैभरि गठबन्धन गरे । फलत प्रतिनिधिसभा सदस्यका लागि एउटा र प्रदेशका २ वटा निर्वाचन क्षेत्र भएको लमजुङमा वाम गठबन्धनले सबै तीनै सिटमा जित हाँसिल गरेको छ ।

‘२०६४ सालअघि लमजुङमा कहिल्यै कम्युनिस्टले जित्न सकेनौं’, प्रदेशसभा सदस्य निर्वाचित एमाले लमजुङ अध्यक्ष धनन्जय दवाडीले अन्नपूर्णसँग भने, ‘देशमै सबैभन्दा पहिला वामगठबन्धनको सुरुवात हामीले गर्‍यौं र नतिजा हाम्रो पक्षमा आउन सक्यो ।’ दवाडीले प्रदेशसभा १ बाट कांग्रेसका गर्जबहादुर गुरुङलाई पराजित गरेका छन् ।

अर्को प्रदेश सभाबाट कांग्रेसका कृष्णप्रसाद कोइरालालाई हराउँदै एमाले सचिव पृथ्वीसुब्बा गुरुङ विजयी बनेका छन् । प्रदेश सभा १ मा दवाडीले २० हजार २ सय ६५ मत ल्याउँदा गर्जबहादुरको मत १३ हजार ८ सय ५३ मात्रै आयो । अर्काे प्रदेशसभा निर्वाचन क्षेत्रमा पृथ्वीसुब्बाले २३ हजार ८८ मत ल्याए भने उनका प्रतिस्पर्धी कोइरालाको पक्षमा १५ हजार १ सय २२ मत आयो । पृथ्वीसुब्बा र कृष्णप्रसादबीच ७ हजार ९ सय ८६को अन्तर परेको छ ।

प्रतिनिधि सभामा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले कांग्रेसका नेता दिलप्रसाद घर्तीलाई ८ हजार ४ सय १ मतान्तरले पराजित गरे । देवप्रसादको ३९ हजार ४ सय ६८ मत आउँदा घर्तीले ३१ हजार ६७ मात्रै ल्याए । देव गुरुङ २०६४ को चुनावमा कास्की १ र मनाङबाट विजयी भएका थिए । त्यो बेला उनले कास्की छाडेका थिए । यसपाली पनि कास्कीबाट उठ्ने मनसाय राखेका उनलाई गठबन्धनले गृहजिल्ला नै पठाएको हो ।

प्रदेश नम्बर ४ को मुख्यमन्त्रीको आकांक्षी भएरै प्रदेश सभामा निर्वाचन लडेका एमाले संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ राजनीतिमा प्रवेश गरेयता उठेका ६ वटा चुनाव मध्ये यसपालीको जित दोस्रो हो । उनले २०६४ मा जीवनमै पहिलोपटक चुनाव जितेका थिए । तर २०७० मा भने उनले कांग्रेस उम्मेदवार चन्द्रबहादुर कुँवरसँग पराजय व्यहोरे ।

०६४ मा गुरुङले कांग्रेस उम्मेदवार दिलबहादुर घर्तीलाई ५ हजार ८ सय ८४ मतले पछि पार्दै जित हाँसिल गरेका थिए । ०७० मा भने कांग्रेसका चन्द्रबहादुर कुँवरसँग ६ सय ७३ मतले मात्रै पराजित भएका थिए । यसअघि लमजुङमा २ निर्वाचन क्षेत्र थिए । २०६४ मा एमालेका पृथ्वीसुब्बा र माओवादीका बुद्धिराम गुरुङले जितेका थिए । २०७० मा भने एमालेका जमिन्द्रमान घलेले र कांग्रेसका चन्द्रबहादुर कुँवरले १÷१ सिट जितेका हुन् ।

लमजुङमा स्थानीय चुनावमा मध्य नेपाल नगरपालिका र दूधपोखरी गाउँपालिका बाहेकमा एमालेले प्रमुख जितेको थियो । क्होंलासोथर, दोर्दी, मस्र्याङ्दी गाउँपालिका र बेसीसहर, सुन्दरबजार र राइनास नगरपालिकामा एमाले माओवादीले जितेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.