काठमाडौंदेखि घान्द्रुकसम्म
विद्यार्थी जीवनमा शैक्षिक भ्रमणको धेरै महŒव रहेको हुन्छ । शैक्षिक भ्रमणले हामीलाई बाहिरी ज्ञान दिन सहयोग पु¥याउँछ । विद्यार्थीले भित्री तथा किताबमा भएको कुरा पढेरमात्र सबै जान्दैन । कुनै कुरा परेरमात्र जान्न सकिन्छ । यसै क्रममा हाम्रो विद्यालय बेबीलोन नेसनल स्कुलले हामीलाई गत कात्तिक महिनामा चारदिने पोखरा तथा घान्दु्रकको शैक्षिक यात्राको प्रबन्ध मिलाएको थियो ।
यात्राको पहिलो दिन विद्यालयका शिक्षक तथा वियार्थी गरी जम्मा ४७ जना काठमाडौंबाट पोखराको लागि हिँड्यौं । काठमाडौंबाट पोखरा जाने क्रममा बाटोमा एउटा सानो तर ऐतिहासिक ठाउँ रहेछ । यसलाई घाँसीकुवा भनिँदो रहेछ । मैले चाहिँ यहाँ आएपछि यी उद्गारहरू सम्मिmए ।
भर जन्म घाँसतिर मन दिई धन कमायो
नाम केही रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको, तर बुद्धि कस्तो
म भानुभक्त, धनी भइकन यस्तो
यस ठाउँमा प्रायः पर्यटकका सवारीसाधनहरूले खाना खुवाउने गर्दा रहेछन् । खानाको गुणस्तर पनि सोहीअनुसारको देखियो । काठमाडौंबाट करिब ७ बजे हिँडेका हामीहरू पोखरा पुग्दा साँझको ५ बजेको थियो । पहिलो दिन हामी बेगनासतालको अवलोकनमा व्यस्त रह्यांै । मलाई भने त्यहाँको मौसमले लोभ्यायो र लाग्यो हामी साँच्चै स्वर्गको एउटा टुक्रा खसेको ठाउँमा पुगेका थियौं । बेलुकातिर लेक साइडको भ्रमण अत्यन्तै मनमोहक रह्यो । विभिन्न देशका पर्यटकहरू खानाको तथा सुमधुर सांगीतिक साँझको रममmममा व्यस्त थिए । हामी भने गुरुहरूको पछिपछि हिँडिरह्यांै ।
दोस्रो दिन बिहानको खाजापछि हामी क्रमशः विन्ध्यवासिनी मन्दिर, महेन्द्र गुफा, चमेरे गुफा, केआई सिंह पुल र महेन्द्रपुल गयौं । मध्याह्नको खानापछि भने हामी डेबिडफल्स र गुप्तेश्वर महादेव गयौं । अपरान्हतिर हामीले फेवतालमा डुंगा शयर ग¥र्याैं, जुन मेरा लागि अत्यत्तै उत्साहप्रद रह्यो ।
तेस्रो दिन हामी बिहान सबेरै उठ्यौं । त्यो दिन हामी घान्दु्रकको यात्रामा
निस्कने भएका थियौं । सम्पूर्ण बन्दोबस्तीका सामान तयार भएसँगै हाम्रो यात्रा सुरु भयो । बाटोबाट देखिने माछापुच्छ्रे हिमाल हामीसँग लुकामारी खेल्दै थियो । मनोरम प्राकृतिक छटाहरूले हाम्रो यात्रालाई सुनमा सुगन्ध फैलाइरहेको थियो । नयाँपुलसम्मको हाम्रो यात्रा सहज थियो । त्यसपछि भने भगवान्को नाम जप्दै हामी घान्द्रुकतर्फ अघि बढ्यौं । बाटो पनि सहज थिएन । झन्डै दुई घन्टाको कच्ची सडकको यात्रापछि हामी एउटा भीमकाय पहाडको चुचुरो नजिक पुग्यौं । त्यसपछि भने हिँड्नुपर्ने स्थिति आयो । त्यहाँबाट पनि दुई घन्टाको पैदलयात्रासँगै घान्द्रुकमा यहाँहरूलाई स्वागत छ भन्ने बोर्ड देख्दा हाम्रा दुखेका खट्टाहरूमा पुनर्ताजगी आएको महसुस भयो । हेर्दा सानो तर अत्यन्तै सुन्दर देखिने घान्दु्रक एउटा पर्यटकीय गाउँ रहेछ ।
एकैखाले घरहरूमात्र देखिने यस ठाउँ यसरी एकाएक प्रसिद्ध हुनुमा अन्नपूर्ण हिमाल प्रमुख कारण रहेछ । स्थानीयहरूको भनाइअनुसार झन्डै २०३५ सालतिरबाटै यहाँ पर्यटकहरूको आगमन भएको थियो । अन्नपूर्ण बेस क्याम्पसम्म जाने पर्यटकहरूको पोखराबाट हिँडेको पहिलो दिन बास बस्ने ठाउँ रहेछ घान्द्रुक । पारिपट्टि अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक आभूषणसहित हामीलाई नियालिरहेको थियो भने उत्तरतर्फ अन्नपूर्ण हिमाल सेतै कपाल फुलेको बढो झैं हामीलाई हेरिरहेको थियो । हाम्रो यात्राको अन्तिम बिन्दु यही थियो । गुरुङ संग्रहालयको अवलोकन र एक्यापको भर्चुअल कक्षाबाहेक अन्य कुनै पनि थप कार्यक्रम हामीसँग नभएकाले त्यस दिन हामी एक सरकारी विद्यालयको चौरमा विभिन्न खेल खेल्दै बस्यौं । भोलिपल्ट बिहान ५ बजे हाम्रो यात्रा काठमाडौंका लागि अगाडि बढेको थियो ।
यो अध्ययन भ्रमणले हामीलाई धेरै नौला अनुभवहरू बटुल्ने अवसरमात्र प्रदान गरेन । त्यहाँको वस्तुगत पृष्ठभूमिको जानकारीसमेत प्रदान ग¥यो । यी दुई पर्यटकीय क्षेत्रहरूलाई सरकारी, गैरसरकारी, निजी तथा स्थानीयहरूले प्राथमिकताका साथ विकास निर्माण गर्नु जरुरी छ भन्ने हामीलाई लाग्यो । यी क्षेत्रको सम्भाव्यता अध्ययन गरी पर्यटनमैत्री कार्यक्रम सञ्चालन गर्न सके समग्र राष्ट्रको अर्थतन्त्रमा ठुलो टेवा पुग्ने देखिन्छ ।
कक्षा ः १०
बेबीलोन नेसनल स्कुल, शान्तिनगर, काठमाडौं