विशेष महाधिवेशन बोलाऊ

 विशेष महाधिवेशन बोलाऊ

चुनावको अन्तिम परिणाम आउन बाँकी छ, यद्यपि अहिलेसम्मको मतगणनाका आधारमा प्रमुख दलहरूका कसको के हैसियत के हुने भन्ने मोटामोटी आकलन भइसकेको छ। चुनावी जनादेश वाम गठबन्धनको पक्षमा गएको छ भने सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी मानिएको नेपाली कांग्रेस नराम्ररी पराजित भएको छ। समानुपातिक मततर्फ नेकपा एमालेसँग प्रतिस्पर्धामा रहे पनि कांग्रेस प्रत्यक्ष निर्वाचनतर्फ निकै तल ओर्लेको छ।

मतपरिणाम कांग्रेसप्रतिकूल आएपछि पराजयलाई लिएर अनेक विश्लेषण र विमर्श हुन थालेको छ। कांग्रेसका चर्चित नेता गगन थापाले पार्टीको पहिलो पुस्ताले वि श्राम लिनुपर्ने र तत्काल विशेष महाधिवेशन बोलाएर पार्टी पराजयको समीक्षा गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। अरू धेरै समर्थक तथा शुभेच्छुकहरूले पनि जनादेश स्विकार्दै कांग्रेसले आफ्ना त्रुटि र कमजोरी सच्याउने अवसरका रूपमा यो पराजयलाई लिनुपर्ने सुझाइरहेका छन्। कांग्रेसभित्र र बाहिर उठेका यी सुझाव, असन्तुष्टि, आक्रोश, सद्भाव आदिलाई ग्रहण गर्दै कांग्रेस नेतृत्वले पराजयको गम्भीर समीक्षा गर्न अग्रसर हुनु आवश्यक देखिन्छ।

जनादेश राजनीतिक स्थिरता र स्थायित्वको पक्षमा आएको छ। वाम गठबन्धनले राजनीतिक स्थायित्वको नारालाई घनीभूत अघि सार्‍यो। उनले विकास र समृद्धिको नारा अघि सारिरह“दा कांग्रेस प्रतिक्रियात्मक देखियो र उसले आम जनतालाई गठबन्धनले जित्दा ‘अधिनायकवाद' आउँछ भने त्यो त्रास बेच्न कोसिस गर्‍यो, तर त्यो बिकेन। कांग्रेस पराजयको कारण यति मात्रै भने होइन।

कांग्रेस पुरानो र लोकतान्त्रिक पार्टी भनिए पनि अभ्यासमा यो पार्टीभित्र आन्तरिक लोकतन्त्र अत्यन्त कमजोर रहेको छ। २०४६ पछि नै कांग्रेस नीतिभन्दा पनि नेताकेन्द्रित भयो। मुलुकका सामाजिक, आर्थिक र राजनीतिक एजेन्डा तय गर्ने विषयमा अग्रणी भूमिका निर्वाह गर्न कांग्रेस निरन्तर रूपमा असफल रह्यो। आन्तरिक लोकतन्त्र र मुलुकका लागि एजेन्डाहरू तय गर्नका लागि संस्थागत संयन्त्र बनाउनमा सक्रिय भएर लाग्नुपर्नेमा कांग्रेस आन्तरिक गुटबन्दीमा अल्मलियो। कांग्रेसमा परिवारवाद, कृपावाद हावी भयो। मुलुकको राजनीतिलाई वैचारिक हिसाबले तरंगित गर्ने विषयमा कांग्रेस नराम्रोसँग चुक्यो।

अहिलेकै चुनावमा पनि उसले आम मतदाता र जनतालाई आकर्षित गर्ने मुद्दाहरू अघि सार्न सकेन। संविधान जारी हु“दा कांग्रेस नेतृत्वमा रहेको र चुनाव नै गराउन सकेको जस लिने ढंगले चुनावी प्रचारमा जुट्न सकेन। उसै पनि कांग्रेसप्रति आम जनतामा त्यत्रो ठूलो आकर्षण थिएन। प्रधानमन्त्री शेरबहादुर देउवाको जम्बो मन्त्रिमण्डल, आईजी नियुक्ति, प्रधानन्यायाधीश महाभियोग प्रकरण आदि विवादास्पद प्रकरणहरूको जगमा कांग्रेससँग आमरूपमा रोष बढेको थियो। समग्रतामा यी र यस्ता अनेक कुराको असर चुनावमा देखियो।

कमजोर र साख गिरेको कांग्रेसलाई उठाउन यसको नेतृत्वले नया“ शिराबाट संगठनको पुनर्जागरण खोज्नु आवश्यक छ। कांग्रेस पराजयको नैतिक जिम्मेवारी कसले लिने ? के दशकौंदेखि नेतृत्वमा रहेका पहिलो पुस्ताका नेताहरूले कांग्रेसको अहिलेको हविगतको जिम्मेवारी नलिने ? २०१५ सालको चुनावमा दुईतिहाइ सदस्य जितेको, २०४८ र २०५६ को आम चुनावमा स्पस्ट बहुमत ल्याएको र पछिल्लो संविधानसभाबाट पहिलो ठूलो दल बनेको कांग्रेस अहिले किन कमजोर भयो ?

यसको गम्भीर समीक्षा गर्दै अगाडिको यात्रा तय गर्न नेतृत्वले कांग्रेसभित्र माग भएजस्तै तत्काल विशेष महाधिवेशनको आयोजना गर्नु जरुरी छ। मूल नेतृत्वले पराजयको जिम्मेवारी लिँदै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण प्रक्रिया सुरु गर्न आवश्यक देखिन्छ। आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउँदै कांग्रेसलाई गतिशील पार्टीमा रूपान्तरण गर्न सके मात्रै यसको साख फर्किन सक्छ।

बलियो लोकतान्त्रिक प्रणालीका लागि अझै पनि कांग्रेस बलियो रहिरहनु जरुरी छ। इतिहास भजाएर मात्र पुग्दैन, जनतालाई आकर्षित गर्न सक्ने एजेन्डा र कामहरू पनि हुनुपर्छ। त्यसका लागि कांग्रेसमा व्यापक आत्मसमीक्षा र सुधारको आवश्यकता छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.