९६ हजार भारतीय नोटसहित एक पक्राउ

९६ हजार भारतीय नोटसहित एक पक्राउ

दमक : झापाको दमकबाट बुधबार बिहान भारतीय ९६ हजार रुपैयाँ नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पश्चिम बंगाल आलमगञ्ज तालगाछि हरीसचन्द्रपुर, माल्दा बस्ने ३१ वर्षीय मोहमद अरजउल करीम मिया पक्राउ परेका हुन्। बुधबार बिहान साढे नौ बजे दमक–६ स्थित सब्जी बजारबाट उनलाई ४८ थान भारतीय रुपैया २ हजारको नोटसहित पक्राउ गरिएको बुधबार पत्रकार सम्मेलन गरि जानकारी दिइयो।

सब्जी बजारमा व्यापारीसँंग मोलमोलाई गरिरहेको बेला शंका लागि खानतलासी गर्दा उनको पेन्टको गोजी बाट सो मुल्य बराबरको भारतीय रुपैयाँ फेला परेको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए। भेटिएका केही नोटहरुको एउटै नम्बरका रहेका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा मियाले दमकको रासन पसलमा पैसा साट्न गएको र दमककै एक होटलमा बसेको खुल्न आएको छ।

सब्जी व्यापारीले भारतबाट सब्जी खरीद गर्दा भारतीय रुपैयाँको प्रयोग गर्ने भएको हुँदा मिया साट्नका लागि दमक आइपुगेको हुनसक्ने बताइएको छ। मिया एक्लै पक्राउ परेका हुन्। पक्राउ परेका मियालाई ईलाका प्रहरी कार्यालय दमकले हिरासतमा राखेको छ। उनलाई मुलुकी ऐनको महल–६ को दफा–८ अन्तर्गत खोटाचलन शीर्षकअन्तर्गतको मुद्धा चलाइने गिरीले बताए। यो मुद्धा अन्तर्गत पक्राउ परेको रकम सहितको बिगो भराई ५ वर्षसम्म कैद हुनसक्ने प्रावधान रहेको उनले बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.