पशुको ढुवानीमा हुने अमानवीय व्यवहार रोक्न र्‍याली

पशुको ढुवानीमा हुने अमानवीय व्यवहार रोक्न र्‍याली

चितवन: गत शनिवार ‘अन्तराष्ट्रिय पशु अधिकार दिवस'को अवसर पारी चितवनमा एनिमल राइट्स क्लबको आयोजना र अरु विभिन्न भेटेरिनरी तथा सामाजिक संघसंस्थाको सहकार्यमा नेपालमा अमानवीय ढंगबाट गरिने राँगाभैँसीजस्ता पशुको ढुवानीमा हुने लापरवाहीको विरोधमा र्‍याली सम्पन्न भएको छ। चौबिस कोठी भरतपुरबाट सुरु भएको सो र्‍याली लायन्स चोक (नारायणगढ) मा पुगी कोण सभामा परिणत भएको थियो।

कार्यक्रम संयोजक सुराजन श्रेष्ठले खासगरी राँगाभैँसी, कुखुराजस्तो पशुपन्छीलाई ढुवानी गर्दा संवेदनशील हुने बताए। एनिमल राइट्स क्लबका अध्यक्ष कमल सुबेदीले पशु अधिकारसँग सम्बन्धित विषय आजको युगको विषय भएको बताए। सजिलोसँग बाँच्न चाहने प्राणीलाई कष्टपूर्ण ढंगबाट ओसारपसार गर्ने काम बन्द गर्न उनले व्यावसायीहरूलाई आग्रह गरे।

एनिमल राइट्स क्लब विगत ६ वर्षदेखि पशु अधिकार तथा वन्यजन्तु संरक्षणका क्षेत्रहरुमा आवाज उठाउँदै आइरहेको छ। संस्थाले स्वयंसेवकहरुको उपस्थिति र अरु संघसंस्थाको सहकार्यमा घाइते जनावरहरुको स्वास्थ्य उपचारमा पनि सहयोग गर्दै आइरहेको छ । कार्यक्रममा विभिन्न संघसंस्था र युवायुवतीको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.