मण्डलामा मसान नाच्दा

मण्डलामा मसान नाच्दा

काठमाडौँ : नाटकको सुरुमै धुवाँदार अध्याँरो रातको दृश्य देखिन्छ। भूत कराएको आवाजले एकै छिन जिरिङ्ग बनाउँछ। ‘हरर मुभी' को जस्तै डर देखाउँदै नाटकले नेपाली ग्रामीण भेगको यथार्थ तर्फ दर्शकलाई डोर्‍याउँछ।

अधिकांश नाटकहरुले सामाजिक यथार्थलाई चित्रण गर्ने हुन्। मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘मसानटार' ले पनि त्यहि गरेको छ। तर फरक शैलीमा। नाटकमा प्रस्तुत गरिएको मसानटार एक काल्पनिक गाउँ हो। जहाँ श्रम गर्न सक्ने युवाहरु न्यून छन्। काम गर्न सक्ने र सिप भएका युवाहरु विदेशतिर वा स्वदेशकै शहरतिर पलायन भएका छन्। गाउँमा भएको विद्यालय पनि जनशक्तिको अभावमा बन्द छ। न त नजिकै स्वास्थ्य चौकी नै छ। शिक्षा र स्वास्थ्यको पहुँच भन्दा पर रहेको गाउँमा अन्धविश्वास व्याप्त छ।

गाउँलेहरु जुन सुकै रोग या दुर्घटनालाई मसानको थाप्लोमा हाल्ने गर्छन्। गाउँमा परेको विपत्तिको कारक पनि मसान नै ठान्छन्। यो अधिकांश नेपाली गाउँको वास्तविकता हो। गाउँमा मसान नाच्छ र आफ्नो इशारामा गाउँलेलाई नचाउँछ। मसानलाई काबुमा गर्ने अर्को अदृश्य शक्ति झाँक्रिहरुसँग हुन्छ भनिन्छ। अदृश्य शक्तिले मसानटारलाई चलाउनु एउटा उदाहरण हो।

जुन ठ्याक्कै हाम्रै देशसँग मेल खान्छ। मसानटारका युवाजस्तै नेपाली युवा विदेश पलायन भएका छन्, मसानटारलाई जस्तै नेपाललाई पनि अदृश्य शक्तिहरुले नचाएका छन्। झाँक्रि जस्तै देखिने हाम्रा नेताहरु हुन्। तर तीनलाई नचाउने अदृश्य शक्ति भने देशभन्दा बहिरै छन्। नाटकको मूल मर्मलाई यसरी प्रस्तुत गरेका छन्, रंगकर्मी प्रदीपकुमार चौधरीले। उनको लेखन र निर्देशनमा बनेको नाटक पुष तीन गतेसम्म मञ्चन हुनेछ।

पहिलो पटक निर्देशकको रुपमा प्रस्तुत भएका चौधरीले मसिना विषयहरुलाई टिपेर पूर्ण रुपको नाटक तयार गरेका छन्। गाउँमा अझै पनि केहि राम्रो काम गर्न खोज्ने युवाको कमी छैन भन्ने कुरालाई नाटकको पात्र रुपकले प्रमाणित गरेको छ। उच्च शिक्षा हासिल गर्न नसकेका र सिप नभएका भारी बोक्ने, माछा मार्ने कामबाट गुजारा चलाइरहेका युवाहरुको प्रतिनिधी पात्रको रुपमा दुइ युवालाई प्रस्तुत गरिएको छ। गाउँमा काम गर्ने वातावरण नहुँदा क्यारम बोर्ड खेल्दै रक्सी खाँदै समय विताउने विसंगतीलाई पनि नाटकमा देखाइएको छ।

किशोरावस्थाको भावनालाई अभिभावकले बुझिदिन नसक्दा उनीहरुको भविष्य कस्तो हुन्छ ? भन्ने प्रश्नको जवाफ नाटकको सुलसुले पात्रले दिएको छ। आफूले मन पराएकी युवतीको बावुले उसमाथि गरेको व्यवहारले उसको भविष्य पुरै अन्धकार तर्फ धकेलिदिएको छ। त्यहि चोटले उसलाई रिसाहा बनाएको रहस्य नाटकको बीच तिर पुगेर मात्र थाहा पाइन्छ। यस्ता साना विषयलाई नाटकमा समेट्नु नै यसको बलियो पक्ष बनेको छ।

भूतहरुको क्याटवक, नृत्यले चाहिँ पेट मिचि मिचि हँसाउँछ। छोटो समयमा तयार भएकाले नाटकमा कमजोरीहरु पनि प्रसस्तै भेटिन्छन्। नाटकको सबै भन्दा कमजोर पक्ष नै अभिनय हो। छ दिनमा नाटक तयार गरेर मञ्चन गर्दा कलाकारले पात्रमा डुब्न पाएका छैनन्। अभ्यास गर्नुपर्ने थुप्रै विषयमा कलाकार चुकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.