लहानको मुख्य चाेकमा बम विस्फोट
सिरहा : सिरहाको लहानस्थित मुख्य चोकमा रहेको सहिद रमेश महतो पार्क नजिकै केहीबेर अगाडी बम बिस्फोट भएको छ। साईकलमा सेट गरेको बम बिस्फोट भएको इलाका प्रहरी कार्यालय लहानका ईन्सपेक्टर जुगेश्वर राउतले जानकारी दिए। उनका अनुसार बम बिस्फोटबाट क्षति केही भएन। एक युवकलाई सामान्य चोट लागेको छ।
सहिद पार्कको उतरपट्टी साईकल मर्मत केन्द्र अगाडी एक अपरिचित व्यक्तिले लेडिज साईकल छाडेर गएको केहीबेरमै विस्फोट भएको प्रहरीले जनाएको छ। घटना स्थलमा मधेसका भुमिगत समूह जन्तान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का अध्यक्ष जयकृष्ण गोईतको हस्ताक्षरित पर्चा फेला परेको छ। घटनास्थल नजिकै सहिद गेट तल २४ घण्टे सुरक्षार्थ नेपाल र सशस्त्र प्रहरी बस्छन्।