प्रश्नपत्र बाहिरिएपछि पूर्वाञ्चल विश्व विद्यालयमा तोडफोड

प्रश्नपत्र बाहिरिएपछि पूर्वाञ्चल विश्व विद्यालयमा तोडफोड

विराटनगर : प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर आक्रोसित विद्यार्थीले पूर्वाञ्चल विश्व विद्यालयको कृषि संकायतर्फको भवनमा बिहीबार बिहान तोडफोड गरेका हुन्। परीक्षा रद्ध गर्नु पर्ने र अर्को परीक्षा गरिनु पर्ने माग गर्दै आन्दोलित विद्यार्थीले मोरङको गोठगाउँ स्थित जीपी कोइराला कलेजको कृषि संकायको भवन तोडफोड गर्न थालेपछि केहीबेर स्थिती तनावग्रस्त बनेको थियो।

तोडफोडबाट क्याम्पस प्रमुख अजयकुमार साहको कार्यकक्ष र भवनको झ्यालमा क्षति पुगेको छ। झ्यालका शिशा फुटेका छन् भने विद्यार्थीले साहको कुर्सी पनि जलाएका छन्।

बुधबारको एग्रिकल्चर मेट्रोलोजी बीएससीएजी अन्तर्गतको एण्ड क्लाइर चेज विषयको परीक्षाको प्रश्नपत्र परीक्षा हुनु भन्दा केही दिनअघि नै बाहिरिएको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्। परीक्षा रद्ध गरेर पुनः परीक्षा गराउनु पर्ने माग विद्यार्थीको छ। यो संकायमा ४७ विद्यार्थी अध्ययनरत छन्। अर्को परीक्षा नभएसम्म आन्दोलन जारी रहने अडान विद्यार्थीको छ।

क्याम्पस प्रमुख साहले भने विद्यार्थीको आन्दोलनका बारेमा आफूले उपकुलपति र डिनलाई जानकारी गराइसकेको बताए। ‘विद्यार्थीको आन्दोलनका विषयमा मैले बुधबार नै जानकारी दिइसकेको छु,’ उनले भने, ‘तर विद्यार्थी बिहीबार तोडफोड मै उत्रिए।’ परीक्षा हुनु भन्दा अगाडि प्रश्न पत्र बाहिरिएको हो की हैन भन्ने विषयमा आन्तरिक रुपमा छानविन सुरु गरिएको जानकारी साहले दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.