बागलुङको  ताराखोलामा भिषण आगलागी

बागलुङको  ताराखोलामा भिषण आगलागी

बागलुङ : ताराखोला गाउँपालिकामा भिषण आगलागी भएको छ । ताराखोला गाउँपालिका ५ लाभाङका टकबहादुर बुढाले आफ्नो खरबारीमा लगाएको आगो अनियन्त्रित हुँदा करिब एकसय हेक्टर वन नष्ट भएको छ । गाउँमा खर काटेपछि बारीमा आगो लगाउने चलन छ ।

‘खरबारीमा आगो लगाएपछि निभाएरै फर्किएको हँु,’ बुढाले भने, ‘पछि अचानक कताबाट आगो फैलिएछ, पत्तो भएन ।’ आगलागीबाट ताराखोला गाउँपालिका ५ साथै वडा नम्बर ४ को मसिनाडाडाँ तिनचुले मूलपानी सामुदायिक वनमा क्षति पुगेको छ । जङ्गल आसपासमा घरहरु नभएकाले मानवीय जोखिम भने देखिदैन । सो क्षेत्रमा केही गोठहरु रहेकाले जोगाउन पूर्व सजगताका अपनाइएको स्थानीय पूर्णभद्र न्यूरेले जानकारी दिए ।

आगो नियन्त्रणका लागि ताराखोला ४ र ५ का दुईसय बढी स्थानीय वासिन्दा सक्रिय भए पनि तत्काल नियन्त्रणमा आउने सम्भावना नरहेको न्युरेले बताए । ‘घना जंगल र भिर भएका कारण आगो तत्काल नियन्त्रणमा आउने सम्भावना छैन ’ उनले भने, ‘ईलाका प्रहरी कार्यालय ताराखोलामा पनि घटनाबारे जानकारी गराएका छौ, दुरीका हिसावले टाढा भएकाले पनि थप समस्या देखिएको छ ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.