दुई मोटरसाइकल र पिकअप  जुध्दा एकको मृत्यु, दुई घाइते

दुई मोटरसाइकल र पिकअप  जुध्दा एकको मृत्यु, दुई घाइते

बागलुङ : बागलुङको बडिगाड गाउँपालिका २ मा बुधवार दुई वटा मोटरसाइकल एक साथ दुर्घटनामा परेका छन् । जसमा एक युवकको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

खर्वाङबाट ग्वालीचौर तर्फ जाँदै गरेको ना ४ च ३६६७ नम्वरको पिकअप र विपरित दिसावाट आउँदै गरेका ध १ प ३२४६ र बा ५५ प ८०५० नम्वरका मोटरसाईकल बडिगाड गाउँपालिका २ काँडेरुख नजिक आपसमा ठोकिँदा दुर्घटना भएको हो ।

मृत्युु हुनेमा ढोरपाटन नगरपालिका १ का ३६ बर्षिय खगेन्द्र विसी रहेका छन् । उनलाई हेलिकप्टर मार्फत गण्डकी अस्पताल पोखरा लैजादै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

घाईते सोही स्थानका २७ वर्षिय सुरेन्द्र वोहोराको गण्डकी अस्पताल पोखरामा उपचार भईरहेको छ भने अर्का २६ वर्षिय भरत विसिको वामी गुल्मीको निजी मेडिकलमा उपचार भईरहेको छ । बुर्तिवाङवाट बुटवलका लागि हिँडेका मोटरसाईकलले यात्रुवाहक बसलाई ओभरटेक गर्ने क्रममा विपरित दिसाबाट आइरहेको पिकअपसँग ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

पिकअप चालक खर्वाङ प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव निरीक्षक लालवहादुर चौधरीले बताए । घटनाको थप अनुसन्धान भैरहेको समेत प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.