दिल ठूला भएका संगीतकर्मी

दिल ठूला भएका संगीतकर्मी

काठमाडौं : र्‍यापर निर्णय श्रेष्ठ (एनएसके) ले ‘कुरिनटारका विद्यार्थीले किताब, कपी, कलम र ज्यामिती बक्स नभएका कारण एसएलसी दिन नसकेको’ समाचार पत्रिकामा पढे। उनको घरमा यस्ता सामग्री त्यत्तिकै थन्किएका थिए। सन् २००० तिर पढेको समाचारले उनको मनलाई छोइरह्यो।

त्यही विषयले रिंग्याइरहेपछि निर्णयले किताब, कपीकै कारण पढ्न नपाएका बालबालिकालाई आफूले सकेको सहयोग गर्ने निर्णय गरे। आफूले जानेको संगीतकर्मलाई माध्यम बनाएर सन् २००६ देखि ‘शिक्षा नै जीवनको आधार हो’ भन्ने नारासहित सुरु भयो, ‘निर्णय एनएसके टुर फर एजुकेसन’।

त्यसयता हरेक वर्षजसो उनले देशका विभिन्न ठाउँमा पुगेर बालबालिकालाई सहयोग गर्दै आएका छन्। उनी सांगीतिक कार्यक्रम गर्दै किताब–कापी संकलन गर्छन् र ग्रामीण भेगका विद्यार्थीलाई वितरण गर्छन्।

उनी एउटा कपी, एउटा पेन्सिल, एउटा इरेजर र एउटा सार्पनर वितरण गरेर ‘एक’हरूको शक्ति बारे पनि बुझाउन चाहन्छन्। भन्छन्, ‘तीन करोड नेपालीले एक–एक चिज प्रदान गर्ने हो भने त्यो धेरै ठूलो हुन्छ। एक–एक मिलेर सबैलाई सहयोग गर्नु नै मेरो उद्देश्य हो।’

गायक राजेशपायल राईले सामाजिक कार्य गर्ने उद्देश्यले केही वर्षअघि नै ‘राजेशपायल राई फाउन्डेसन’ खोलेका छन्। नेपाल र अमेरिका दुवै ठाउँमा दर्ता गरेर सञ्चालनमा रहेको फाउन्डेसनले शिक्षा, स्वास्थ्य र विकासका काममा सहयोग गर्दै आएको छ। गायक राईले धेरै जना मुटु र मिर्गौला रोगीको उपचारका लागि गाएर सहयोग गरेका छन् भने आर्थिक अभावमा पढ्न नसकेकालाई पढाइदिएका छन्।

उनी एउटा कपी, एउटा पेन्सिल, एउटा इरेजर र एउटा सार्पनर वितरण गरेर ‘एक’हरूको शक्ति बारे पनि बुझाउन चाहन्छन्। भन्छन्, ‘तीन करोड नेपालीले एक–एक चिज प्रदान गर्ने हो भने त्यो धेरै ठूलो हुन्छ। एक–एक मिलेर सबैलाई सहयोग गर्नु नै मेरो उद्देश्य हो।’

उनले फाउन्डेसनमार्फत महावीर पुनले सुरु गरेको आविष्कार केन्द्रको अभियानलाई ५० हजार रुपैयाँ सहयोग गरे भने विकासका काममा धेरैतिर आर्थिक सहयोग गरेका छन्। संगीतमार्फत समाजका लागि सेवा पुर्‍याउने उद्देश्यले सुरु गरिएको फाउन्डेसनलाई बिस्तारै देश–विदेशमा विस्तार गरेर फन्ड जुटाउने योजना रहेको उनी बताउँछन्।

‘अहिलेसम्म व्यक्तिगत रूपमा सहयोग गर्दै आएँ, अब फन्ड बनाएर सहयोग गर्छु,’ संगीत प्रशिक्षण केन्द्रसमेत खोल्ने तयारीमा रहेका उनी भन्छन्, ‘संगीत क्षेत्रबाटै नाम कमाइयो, यसैमार्फत समाजका लागि केही गरौँ भनेर मानवताका लागि फाउन्डेसन र संगीतका लागि एकेडेमी खोल्ने अभियानमा छु।’

गायक राजु लामाले पनि आफ्नै नाममा फाउन्डेसन खोलेर यस्तै सेवामूलक काम गर्ने गरेका छन्। हाल विदेशमा रहेका लामाले बेलाबेला नेपाल आएर बालबालिकालाई सहयोग गर्ने गरेका छन्। धेरै जना गायक, संगीतकर्मीले यसरी नै व्यक्तिगत र फाउन्डेसन खोलेर समाजमा सेवाभावले काम गरिरहेका छन्।

यसरी सहयोग गर्ने गायकको सूचीमा लोकदोहोरी गायक मिलन लामा पनि पर्छन्। चार वर्षअघि सांगीतिक कार्यक्रममा दुबई पुगेका बेला टोपी थापेर सहयोग संकलन गरे र त्यसलाई नेपालका चेपाङ समुदायका बालबालिकाकाको शिक्षाका लागि चेपाङ संरक्षण केन्द्रलाई सहयोग गरे।

त्यसपछि उनले गत साउनमा बाढीका कारण घरबारविहीन बनेका चितवनका चेपाङ समुदायलाई देशविदेशमा सांगीतिक कार्यक्रममा गएका बेला संकलन गरेको सहयोगले घरहरू नै निर्माण गरेर हस्तान्तरण गरे।

गायिका हर्षु राई आफ्नो र छोरीको जन्मदिन वृद्धाश्रम, बालआश्रमतिरै सहयोग गरेर मनाउँछिन्। बेलाबेला चाडपर्वमा उनी आश्रमका बालबालिका र बृद्धवृद्धालाई लुगाकपडा किनिदिने र खाना खुवाउने गर्छिन्।

देशविदेशका सांगीतिक कार्यक्रममा सहभागी हुँदै आएका गायक एपी शेर्पाले आफूले संगीत क्षेत्रबाट आर्जन गरेको कमाइको केही प्रतिशत रकम सेवाकै लागि छुट्याउने गरेका छन्। उनले संखुवासभाका भोटिया महिला समूहको विकासका लागि सांगीतिक कार्यक्रम गरेर सहयोग गरे, मिर्गौला पीडितका लागि गाए भने गुम्बा विकासका लागि आर्थिक सहयोग गरे।

अपांग तथा बेसहारा बालबालिकाका लागि आर्थिक र भौतिक सहयोग गर्दै आएका उनी भन्छन्, ‘आफ्नो जन्मदिन पनि यस्तै काममा सहयोग गरेर मनाउने गरेको छु।’

गायक तथा संगीतकार महेन्द्र राई हरेक वर्ष जाडो मौसममा गाउँका वृद्धवृद्धालाई न्यानो कपडा किनेर वितरण गर्छन्। अहिले वृद्धवृद्धालाई सहयोग गर्न इलाम पुगेका उनी भन्छन्, ‘हामीले एक दिन साथीभाइसँग बसेर खाने पैसा जोगाएर सहयोग गर्दा उनीहरूलाई जीवनभर सम्झिने गुन हुन्छ।’

गायक उदेश श्रेष्ठ, सपन श्रेष्ठ, गायिका प्राश्ना शाक्य लगायतको टोली बाढीपीडित क्षेत्रका विद्यालय र बालबालिकाको सहयोगार्थ सांगीतिक अभियानमा सहभागी छन्। यसरी नै अन्य धेरै गायक–गायिकाले संगीतमार्फत आफूले सकेको सहयोग गर्दै आएका छन्।

गायिका हर्षु राई आफ्नो र छोरीको जन्मदिन वृद्धाश्रम, बालआश्रमतिरै सहयोग गरेर मनाउँछिन्। बेलाबेला चाडपर्वमा उनी आश्रमका बालबालिका र बृद्धवृद्धालाई लुगाकपडा किनिदिने र खाना खुवाउने गर्छिन्। भन्छिन्, ‘हामी कलाकार अरूको दुःखमा चाँडो भावुक हुँदा रहेछौँ। त्यसैले केही सहयोग गरौँ भन्ने भावना आउँदो रहेछ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.