युवायुवतीले सुरु गरे काठमाडौं बढार्ने अभियान
काठमाडौं : उज्यालो नछिचोल्दै बौद्धस्तुपा परिषरमा तीन दर्जन बढी युवायुवती कुचो र खरेटो लिएर बढार्ने थाले। काठमाडौंको वायु प्रदूषण नियन्त्रणमा सहयोग पुर्याउन सडकको धुलो बढारेर व्यवस्थित गर्न यी युवायुवती लागि परेका छन्।
शनिबार विदाको दिन बनाएर धुलो बढार्ने कार्यक्रम तय गरी दर्जनौ युवा सहभागितासहित कार्यक्रम तय गरेको आयोजक शेर्पा किदुक संखुवासभा नामक संस्थाका अध्यक्ष पासाङ फूर्वा शेर्पाले बताए। बौद्ध परिषरबाट पहिलो कार्यक्रम शुरु गरे पनि विदाको दिनको सदुपयोग आफ्नै आँगन बढार्ने प्रयोग गर्न अभियान थालेको हो। धुलोकै कारण प्रदूषणले उच्च रुप लिएको रिपोर्ट सार्वजनिक भएपछि यी युवायुवतीले अभियान थालेको जनायो। सडकको धुलो बढारेर व्यवस्थित स्थानमा संकलन गर्ने काम मात्र हामी गर्ने सहभागी निमु शेर्पाको भनाइ छ।
अभियानमा सहभागी बन्न अन्यसंघ संस्थाले समेत आग्रह गरेका छन्। आफ्नो टोललाई सफा बनाउन टोल विकास संस्थाकै अगुवाइमा काम गर्ने समेत लक्ष्य राखेको युवा अगुवा मिङमा शेर्पाले भनाइ छ। काम गर्न है समाज सेवा पनि हैन तर आफू बस्ने क्षेत्रको सरसफाइ गर्न हामी जुट्नु जरुरी भएको छ। प्रदूषणको तथ्याङक हेरेर दुखित हुने भन्दा पनि न्युनीकरणमा युवा नै लाग्नु जरुरी भएको उनीहरुको भनाइ छ।