निर्वाचनमा खटिएका कर्मचारी सम्मानित
गाईघाट : उदयपुरमा निर्वाचनमा खटिएका तीन कर्मचारी शनिबार सम्मानित भएका छन् । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले कार्यसम्पादन मुल्यांकनमा सर्वोत्कृष्ट ठहरिएका शिक्षकहरु दुर्गानन्द गुप्ता, ताराकुमार राई र महिला तथा बालबालिका कार्यालयकी प्रमुख निर्मला कार्कीलाई सम्मान गरेको हो । उनीहरु मतदान अधिकृतको जिम्मेवारीमा थिए ।
साथै निर्वाचन व्यवस्थापनलाई सहगोग गर्ने प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल, प्रमुख सेनानी राजेन्द्र पन्त, नेपाल प्रहरीका प्रहरी उपरीक्षक नवराज भट्ट, सशस्त्र प्रहरी वल त्रियुगा गुल्मका गुल्मपति पुरनचन्द्र भट्ट, राष्ट्रिय अनुसन्धानका प्रमुख तिलक शर्मा प्रसाई र जिल्ला निर्वाचन अधिकारी एकबहादुर बस्नेतलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।
सम्मानित सबैलाई उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश रामप्रसाद ओलीले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । निर्वाचन अधिकृतको भूमिका निर्वाह गर्ने सर्वोच्च अदालतका उपसचिव सन्देश श्रेष्ठलाई मायाको चिनो प्रदान गरिएको प्रमुख निर्वाचन अधिकृत जिल्ला न्यायधिश तजेन्द्रप्रसाद शर्मा सापकोटाले बताए ।