प्रदेश नम्बर २ को राजधानी जनकपुर कि वीरगन्ज ?

प्रदेश नम्बर २ को राजधानी जनकपुर कि वीरगन्ज ?

काठमाडौं: मधेसी दलको निविकल्प सरकार बन्ने प्रदेश २ को प्रादेशिक राजधानी कहाँ बनाउने भन्ने विषयमा नेताहरुका आ–आफ्ना धारणा सार्वजनिक भएका छन् । सरकारले ऐतिहासिक नगरी जनकपुरलाई अस्थायी राजधानी प्रस्तावित गरिरहँदा जनकपुर वा आर्थिक नगरी वीरगन्ज कुनलाई राजधानी बनाउने भन्ने विषयमा विवाद चलिरहेको छ ।

मुख्यमन्त्री दाबेदार नै विभाजित

मुख्यमन्त्रीका दाबेदारहरु नै राजधानी आफ्नो नजिक बनाउने कसरतमा लागेका छन् । मुख्यमन्त्रीका दाबेदार संघीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु राउत र राष्ट्रिय जनता पार्टी नेपालका नेता जितेन्द्र सोनल वीरगन्जमा पक्षमा छन् भने राजपाका महासचिव मनिष सुमन र फोरम नेता विजय कुमार यादव जनकपुरका पक्षमा छन् ।

संविधानले राजधानी तोक्ने अधिकार प्रदेश सभालाई दिएको छ । प्रदेश सभा सदस्यको दुई तिहाईले मात्रै प्रदेश राजधानीको तोक्ने व्यवस्था संविधानमा छ । राजपा महासचिव मनिष सुमनले हरेक दृष्टिकोणले जनकपुर नै प्रादेशीक राजधानीका लागि उपयुक्त हुने बताए ।

उनले जनकपुरलाई मधेशको राजधानी बनाउने भन्दै राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो धनुषाबाट चुनाव लडेको बताए । उनले सदभावना पार्टीको स्थापना नै जनकपुरलाई मधेशको केन्द्र बनाउने ‘लाइन’ भएको बताए । मनिष सुमन राजपाका तर्फबाट मुख्यमन्त्रीका दाबेदार हुन् ।

उनले प्रादेशीक राजधानीको सन्दर्भमा राजपा जनकपुरको विकल्पमा नजाने बताए । उनले भने, ‘भौगलिक, ऐतिहासिक देखि हरेक हिसाबले जनकपुर प्रदेश २ को राजधानी हो ।’ उनले जनकपुरको विषयमा विवाद गर्नु नहुने बताए ।

मधेसा ८ जिल्लाको केन्द्र र वीचमा रहेकोले सबै जिल्लाबाट आवतजावत समेत सजिलो भएकोले जनकपुर नै प्रदेश २ को राजधानी हुने सुमनको तर्क रहेका छ । उनले जनकपुरको विकल्प जानै नहुने बताए । उता राजपाकै अर्का नेता जितेन्द्र सोनलले राजधानीको विषयमा विवाद गर्न नहुने बताउदै आफु भने विरगन्जको पक्षमा रहेको बताए ।

उनले आर्थिक राजधानी भएकोले विरगन्जलाई नै प्रादेशिक राजधानी बनाउदा उपयुक्त हुने बताए । ‘राजधानीको लागि आवश्यक पूर्वाधार, नेताहरुको पँहुचको हिसाबले वीरगन्ज नै उपयुक्त छ’, सोनल भने । उनले वीरगन्ज र जनकपुरको विवाद सहमतिबाट टुङ्गिने दाबी गरे ।

‘हाम्रो मुख्य सघर्ष संघीयता हो, राजधानी होइन, राजधानीको विषय सहमतिको आधारमा टुङग्याउनु पर्छ, त्यसमा विवाद गर्नु हुदैन’, नेता सोनलले भने । मुख्यमन्त्रीको प्रबल दाबेदार फोरमका उपाध्यक्ष लालबाबु राउतले पर्साको बासिन्दा भएको विरगन्जलाई राजधानी बनाउन लविङ गर्नु आफ्नो नैतिक जिम्मेवारी भएको बताए ।

उनले भने, ‘म वीरगन्जबासी हुँ, मैले वीरगन्जको पक्षमा बोल्नु पर्छ’, उनले राजधानीको निर्णय प्रदेश सभाको पहिलो बैठकले गर्ने बताउदै जनकपुर वा वीरगन्ज जहाँ सुकैको पक्षमा भएपनि आफुलाई स्वीकार्य हुने बताए ।

फोरम नेता विजयकुमार यादव लहान वा जनकपुरलाई प्रादेशीक राजधानी बनाउनु पर्ने पक्षमा छन् । सरकराले प्रदेश २ को अस्थायी मुकाम जनकपुर नै तोक्ने प्रस्ताव गरिसकेको छ । कुल १०७ सिट रहेका प्रदेश २ मा फोरम–राजपा गठबन्धनले ५४ सिट जित्दै बहुमत हासिल गरेको छ । तर राजधानीको निर्णय गर्न दुई तिहाई चाहिन्छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.