कांग्रेस बैठक प्रदेश प्रमुख र अस्थायी मुकाममा केन्द्रित

कांग्रेस बैठक प्रदेश प्रमुख र अस्थायी मुकाममा केन्द्रित

काठमाडौं : कांग्रेसको बुधबार बसेको कार्यसम्पादन समिति बैठकमा समानुपातिक उम्मेदवारको सूची सच्याउनुका साथै सरकारले तोक्न तयारी गरेको प्रदेशहरूको अस्थायी मुकाम र प्रदेश प्रमुखसम्बन्धमा छलफल भएको छ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक गर्नुअघि बुधबार पार्टीको कार्यसम्पादन समितिको बैठक बसेको हो। प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले मंगलबार पनि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालालगायत केही नेतासँग छलफल गरेका थिए। कार्यसम्पादन समिति बैठकमा उपस्थित नेता बालकृष्ण खाँणका अनुसार बैठकमा प्रदेश प्रमुख नियुक्ति, प्रदेशको अस्थायी मुकाम, राष्ट्रियसभाको निर्वाचन मिति र पार्टीको बैठकमाथि छलफल भएको थियो।

निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको सूचीका केही क्लस्टर सच्याउन पठाएको पत्रबारे समेत बैठकमा छलफल नेता बलहादुर केसीले बताए। यसअघि समानुपातिक सूची तय गर्न गत शुक्रबार बसेको कार्यसम्पादन समिति बैठक पौडेल पक्षले बहिष्कार गरेको थियो। नेता केसीका अनुसार बुधबारको बैठकमा सहमतिमै सूची सच्याइएको छ। सबै दलले सच्याइएको सूची बिहीबार आयोगमा पेस गर्नुपर्ने छ।

पछिल्लो समय सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्न अन्तिम कसरत गरिरहँदा प्रधानमन्त्री देउवाले पार्टीमा छलफल गर्न थालेका छन्। पार्टीकै प्रमुख नेताहरूसँग सल्लाहमा नै उनले सर्वदलीय बैठक डाकेको कांग्रेस नेताहरूले बताएका छन्। नेता खाँणले भने, ‘प्रधानमन्त्रीले बिहीबारको सर्वदलीय बैठकपछि मात्र प्रदेश प्रमुख र प्रदेशहरूको अस्थायी मुकाम तोक्नु हुनेछ।' एमालेले खासगरी सरकारले गर्न लागेको प्रदेश प्रमुख नियुक्तिको विरोध गरिरहेको छ। प्रधानमन्त्री देउवाले मंगलबार यसबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए। दाहालले सबै राजनीतिक दलसँगको सहमतिमा मात्र प्रदेश प्रमुख नियुक्त गर्न सुझाव दिएका थिए।


बिहीबार बस्ने सर्वदलीय बठकमार्फत दलहरूबीच प्रदेश प्रमुख, प्रदेशको राजधानी र राष्ट्रियसभा निर्वाचन मिति तोक्न सहमति खोजिने। सहमति नभए सरकारले निर्णय गर्ने।

कांग्रेस नेता केसीका अनुसार बिहीबार पाँच वटै प्रमुख दलबीच सहमतिको प्रयास गर्ने र सहमति नभए पनि संविधानअनुसार गर्नैपर्ने बाध्यता भएकाले यी काम सरकारले गर्ने छ। उनले भने, ‘प्रदेश प्रमुख र अस्थायी मुकाम नतोकिँदा राष्ट्रियसभाको निर्वाचन प्रभावित हुने भएकाले सरकार त्यसको अन्तिम तयारीमा जुटेको छ।' सरकारले प्रदेश प्रमुख र अस्थायी मुकाम तोकेलगत्तै राष्ट्रियसभा निर्वाचनको मिति घोषणा हुने कांग्रेस नेताहरूले बताएका छन्।

राष्ट्रियसभाको निर्वाचन मिति घोषणापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक डाक्न छलफल भइरहेको नेता खाँणले बताए। उनले कार्यसमिति बैठक केही लामो हुनसक्ने भएकाले त्यसअघि प्रधानमन्त्री देउवालाई राष्ट्रियसभा निर्वाचन मिति घोषणापछि बैठक बोलाउन पार्टी नेताहरूले सुझाव दिएको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.