नेतृत्वको चर्को आलोचना

नेतृत्वको चर्को आलोचना

काठमाडौं : दोस्रो संविधानसभा चुनावमा राजा र हिन्दू राष्ट्र नारा दिएर चौथो शक्ति बनेको राप्रपा स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनावपछि राष्ट्रिय पार्टीसम्म बन्न सकेन।

दोस्रो संविधानसभाको चुनावी परिणामलाई आफ्नो पक्षमा कायम राख्न नसक्नुमा पार्टीमा आएको सैद्धान्तिक विचलन नै प्रमुख कारण रहेको विश्लेषण अधिकांश केन्द्रीय सदस्यले गरेका छन्। बुधबारबाट प्रारम्भ भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष कमल थपासँग केन्द्रीय सदस्यहरूले प्रश्न राखे, ‘राजा र हिन्दू धर्मलाई सैद्धान्तिक आधार बनाउने तर व्यवहारमा सत्ताका लागि मरिहत्ते गरिदिने नेतृत्वको प्रवृत्तिका कारण समस्या आएको छ।'

जनताले आफूहरूसँग राप्रपाले उठाउँदै आएको राजा र हिन्दूराज्य माग कहाँ पुग्यो भनेर प्रश्न राख्दा मौन बस्नुपर्ने अवस्था आएको स्मरण गर्दै केन्द्रीय सदस्यहरूले यो विषयमा अध्यक्षले जवाफ दिनुपर्ने माग गरेका थिए। बैठकमा राप्रपाले सैद्धान्तिक धारलाई नै व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा छलफल भएको छ।

सत्ता पाउँदा गणतन्त्रवादी र सत्ताबाट हट्दा परम्परावादी हुने चरित्र नेतृत्वले त्याग्नुपर्छ बैठकमा बोल्ने केन्द्रीय सदस्यले भनेका थिए। बैठकमा १४ केन्द्रीय सदस्यले नेतृत्वको आलोचना गर्दै आफ्ना भनाइ राखेका थिए।

राप्रपाले विधानमा संवैधानिक राजतन्त्र र हिन्दू धर्मप्रति प्रतिबद्धता जनाएको छ। तत्कालीन राप्रपा नेपाल (हालको राप्रपा) ले दोस्रो संविधानसभा चुनावमा समानुपातिकतर्फ ६ लाख ३० हजार ६ सय ९७ मत प्राप्त गरी २४ जना सदस्य पाएको थियो। मन्त्रिपरिषद्बाट एक जनालाई सदस्यमा मनोनीत गर्न सफल भएको थियो।

हालै सम्पन्न प्रतिनिधिसभा चुनावमा झापा-३ बाट राजेन्द्र लिङदेन प्रत्यक्षमा विजयी भए। उसले समानुपातिकतर्फ एक लाख ९६ हजार सात सय ८२ मत मात्रै पायो। प्रत्यक्षमा एक सिट जित्दा पनि राप्रपा राष्ट्रिय मान्यताप्राप्त दल बन्न सकेन।

केन्द्रीय समिति बैठकमा अध्यक्ष थापाले स्थानीय तह चुनावपछि पार्टी विभाजन हुनु, पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी भएर पनि चुनावका बेला सरकार परित्याग गर्नु पार्टी पराजयको कारण रहेको विश्लेषण सुनाएका थिए।

अध्यक्ष थापाले वाम गठबन्धनले उग्र नीति र विचार दिएर चुनावमा गएकाले आफूहरू पराजित हुनुपरेको तर्क गरेका थिए।माओवादी केन्द्रका कारण पनि राष्ट्रवादी धारको नेतृत्व गरिरहेको पार्टी एमालेसँग चुनावसँगै जान नसकिएको धारणा केन्द्रीय समितिको बैठकमा राखेका थिए।

अध्यक्ष थापाले लोकतान्त्रिक गठबन्धनको नेतृत्व गरेको कांग्रेसले धोका दिनु पनि पराजयको अर्को कारण रहेको औंल्याएका थिए। केन्द्रीय सदस्य मोहन श्रेष्ठका अनुसार वाम गठबन्धनबाट प्रतिनिधिसभामा सात र प्रदेशसभामा २५ सिट दिँदा त्यो सदुपयोग गर्न नसक्नु पार्टी हारको कारक बनेको धारणा बैठकमा थापाले राखेका थिए। थापाले पराजयको जिम्मेवार आफैंले लिने नैतिकता प्रदर्शन गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.