राजधानी माग गर्दै बुटवलमा चक्काजाम

राजधानी  माग गर्दै बुटवलमा चक्काजाम

बुटवल : प्रदेश नम्बर ५ को राजधानी बुटवल तोकिनुपर्ने मागसहित बुटवलमा चक्काजाम गरिएको छ। नेपाली कांग्रेसले आज बिहान ९ बजेदेखि १० बजेसम्म चक्काजाम गरेको हो। सरकारले प्रदेश नम्‍बर ५ को अस्थायी मुकाम दाङमा तोक्ने तयारी गरिरहेका बेला प्रदेशको राजधानी बुटवल हुनुपर्ने नेपाली कांग्रेसले दावी गरेको छ।

कांग्रेसले आन्दोलनको सांकेतिक स्वरुप आज बिहान ९ बजेदेखि १० बजेसम्म बुटवल, सैनामैना र मणिग्राममा एक घण्टा चक्काजाम गरेको हो। चक्काजामबाट यातायातका साधनहरु रोकिए। पूर्व पश्चिम महेन्द्र राजमार्ग र उत्तर दक्षिण सिद्धार्थ राजमार्ग ठप्प भएपछि यात्रुहरुले झण्डै दुई घण्टा सडकमै बस्नु परेको थियो। चक्काजाम पछि कांग्रेसका नेताहरुले बुटवललाई ५ नम्बर प्रदेशको केन्द्र नतोकिए आन्दोलन झन् कडा बनाइदै लगिने चेतावनी दिएका छन्।

त्यस्दै प्रदेशको केन्द्र बुटवलमा हुनुपर्ने माग सहित नेकपा एमालेको आह्वानमा बुटवलमा प्रदर्शन हुने भएको छ। बिहान ११ बजे पुष्पलाल पार्कबाट बृहत दवावमुलक  र्‍याली निकालिने एमालेले जनाएको छ। बुटवलमा प्रदेशको राजधानी हुनुपर्ने भन्दै बुधबार साँझ बामगठबन्धन आवद्ध विद्यार्थी संगठनले मसाल जुलुस निकालेका थिए।

butawol-chakkajam

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.