नयाँ शक्तिको ल्वाङ बैठकले सार्वजनिक गर्‍यो १० बुँदे घोषणापत्र

नयाँ शक्तिको ल्वाङ बैठकले सार्वजनिक गर्‍यो १० बुँदे घोषणापत्र

काठमाडौं : नयाँ शक्ति पार्टी नेपालले पार्टीलाई सशक्त वैकल्पिक राजनीतिक शक्ति बनाउने निर्णय गर्दै बैठक सकेको छ। कास्कीको ल्वाङ होमस्टेमा तीन दिनसम्म चलेको बैठकले पार्टीलाई सशक्त वैकल्पिक राजनीतिक शक्तिका रुपमा विकास र विस्तार गर्नेलगायत १० बुँदे घोषणापत्र जारी गरेको छ। बैठकपछि नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले पाँच बर्षभित्र पार्टी वैकल्पिक शक्ति बनाउने घोषणा गरे।

नयाँ शक्तिले बैठकमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षा समेत गरेको छ। बैठकले पार्टीले तर्जुमा गरेको नीति जनता समक्ष पुर्‍याउन नसक्नु नै हारको कारण रहेको निष्कर्ष निकालेको छ। संघीय परिषदको बैठकको तयारीका लागि केन्द्रीय समिती बैठक बसेको संयोजक भट्टराईले जानकारी दिए। उनले आगामी फागुन १०, ११ र १२ गते संघीय परिषद्को बैठक बस्ने बताए।

र्टीको पाँच वर्षे कार्ययोजना बनाउने र महाधिवेशन मिति तय गर्ने निर्णय समेत गरेको छ।

महाधिवेशन आयोजक समितिको कास्की, ल्वाङमा सम्पन्न पूर्ण बैठकको निर्णयबारे
प्रेस–विज्ञप्ति
 
नयाँ शक्ति पार्टी, नेपालको प्रथम महाधिवेशन आयोजक समिति (केन्द्रीय कार्यकारी समिति, संरक्षक परिषद् र विज्ञ परिषद्)को २०७४ पुस १८–२० गतेसम्म कास्की, माछापुच्छ्रे गाउँपालिका, ल्वाङ होमस्टेमा पार्टी संयोजक डा. श्री बाबुराम भट्टराईको अध्यक्षतामा बसेको बैठकले निम्न निर्णय गरेको सार्वजनिक गराइन्छ ।
 
१. पार्टी स्थापनादेखि आजसम्म पार्टीले प्राप्त गरेका सकारात्मक उपलब्धीको रक्षा गर्दै पार्टीभित्र देखिएका कमीकमजोरीहरुलाई निर्ममतापूर्वक हटाउँदै समयको मागले निर्दिष्ट गरेको आवश्यकतालाई आत्मसात गरी नयाँ शक्ति पार्टीलाई सशक्त वैकल्पिक राजनीतिक शक्तिको रुपमा दृढतापूर्वक विकास र विस्तार गर्ने निर्णय गरियो ।
 
२. भर्खरै सम्पन्न प्रदेशसभा र प्रनितिनिधिसभा सदस्य निर्वाचनमा सक्रियतापूर्वक सहभागी भई मतदान गर्नुहुने आम मतदाताहरु, निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने निर्वाचन आयोग, सहयोग पुर्‍याउने सरकार तथा सम्बद्ध सबै पक्षहरुप्रति बैठकले धन्यवाद ज्ञापन गरेको छ । विभिन्न चरणमा सम्पन्न निर्वाचनमा स्थानीय तहमा ११०, प्रदेशसभामा ३ र प्रतिनिधिसभामा १ जना पार्टीका उम्मेदवारहरुलाई विजयी गराउनुभएकोमा मतदाताप्रति बैठकले विशेष आभारी हुँदै पार्टीलाई जनताको कसीमा भविष्यमा कसरी खरो उत्रन सक्छन् भन्ने परीक्षण गरिएको यो बैठकले महसुस गरेको छ र जनताको यो परीक्षणमा खरो रुपमा उत्रनुपर्छ भन्ने बैठकले दृढता व्यक्त गरेको छ । 
 
सम्पन्न निर्वाचनमा नयाँ शक्ति पार्टीले अपेक्षाकृत जनमत प्राप्त गर्न नसक्नुको मुख्य कारण पार्टीले तर्जुमा गरेको नीतिलाई जनमानसमा प्रभावकारी रुपले पुर्‍याई त्यसप्रति आकर्षित गराउन नसक्नु तथा देश र जनताका लागि सकारात्मक उपलब्धी प्राप्त गर्ने उद्देश्य खातिर विभिन्न शक्तिसँग ध्रुवीकरण, गठबन्धन र तालमेल आदिमा अनेक प्रकारले लाग्नु र त्यसबाट पछि उत्पन्न भ्रमलाई चिर्न नसक्नु हो भन्ने बैठकले ठहर गरेको छ ।
 
३. बैठकले नेपाली जनताको चाहना राजनीतिक स्थिरता, सुशासन, सामाजिक न्याय र समृद्धि हो भन्नेमा स्पष्ट रहँदै सम्पन्न निर्वाचनको जनादेश यही प्रयोजनको लागि हो भन्ने महसुस गरेको छ । निर्वाचनपछिका यी केही दिनभित्र राजनीतिक वृत्तमा देखिएका उठापटकले जनताको चाहना र जनादेशको पालना एवं सम्मान गर्न नसक्ने स्पष्ट संकेत देखाइसकेको बैठकले बोध गरेको छ र यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली एवं पूर्ण समानुपातिक संसद् नै सर्वोत्तम विकल्प हो भन्ने पार्टीको माग अरु सान्दर्भिक तथा औचित्यपूर्ण भएको बैठकले ठहर गर्दै यसलाई जोडदार रुपमा उठाउने निर्णय गरेको छ ।
 
४. संविधानसभाबाट जारी गरिएको संविधानमा मधेशी, थारु, आदिवासी जनजाति, दलित लगायत विविध समुदायको कतिपय असन्तुष्टी कायमै रहेको स्थितिमा तिनलाई सम्बोधन गर्ने गरी संविधानमा आवश्यक संशोधन गर्न यो बैठक राजनीतिक दलहरु र सरकारसँग जोडदार माग गर्दछ ।
 
५. मुलुकमा भइरहेका भ्रष्टाचार, अनियमितता, तस्करी, घुसखोरी र अख्तियार दुरुपयोग जस्ता जघन्य अपराधविरुद्ध नयाँ शक्ति पार्टी, नेपालको नेतृत्वमा आम जनसमुदायलाई एकतावद्ध गर्दै सम्झौताविहिन जबर्जस्त आन्दोलन सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ र यस आन्दोलनमा लामवद्ध हुन न्यायप्रेमी जनसमुदायलाई हार्दिक अपील गरिएको छ । 
 
६. बैठकले विनाशकारी भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि सरकार, पुन:निर्माण प्राधिकरण तथा अन्य सम्बन्धित निकायहरुको लापर्वाही र गैरजिम्मेवारीप्रति रोष व्यक्त गर्दै आजसम्म भूकम्पपीडित परिवारजन, ज्येष्ठ नागरिक, बालबालिकाहरुले असाध्यै कष्टपूर्ण जीवन बिताइरहेको अवस्थाप्रति संवेदनशील रहँदै यसको समाधानका लागि उच्च प्राथमिकताका साथ सरकार, पुन:निर्माण प्राधिकरण तथा स्थानीय तहसँग कार्यसम्पन्न गर्न जोडदार माग गरेको छ ।
 
७. बैठकले व्याप्त गरीबी र वेरोजगारी समस्यालाई समाधान गर्न तत्काल विशेष योजना बनाई कार्यान्वयन गर्न सरकारसँग जोडदार माग गरेको छ र आफ्नो तर्फबाट पनि पहल एवं प्रयत्न गर्ने अठोट गरेको छ ।
 
८. स्थानीय तहको निर्वाचन सम्पन्न भएको ६ महिना बितिसक्दा पनि आवश्यक नीति नियम शीघ्र नबन्दा स्थानीय तहका विकास निर्माणका कार्यमा अपेक्षित गति सुस्त भएकोले त्यस्ता कानुनी व्यवधान तुरुन्त हटाई स्थानीय तहका विकास निर्माणका काम सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको छ ।
 
९. बैठकले आगामी फागुन १०, ११ र १२ गते पार्टीको संघीय परिषदको विस्तारित बैठक गर्ने निर्णय गरेको छ र त्यसको आयोजना गर्न केन्द्रीय सचिवालयलाई निर्देश गरेको छ । साथै यो अवधिमा सबै समितिहरुलाई पार्टी सदस्यता विवरण अद्यावधिक गर्न, कमिटीहरुलाई व्यवस्थित र सुदृढ गर्न तथा मतदाताहरुको घरदैलोमा पुगी धन्यवाद ज्ञापन गर्न निर्देशन दिएको छ ।
 
१०. पार्टीको तीन दिनसम्म चलेको बैठकलाई सफल बनाउन सहयोग पुर्‍याउने ल्वाङबासी दाजुभाइ दिदीबहिनीहरु, स्वयंसेवकहरु, पार्टीका साथीहरु, पत्रकार मित्रहरु, सुरक्षाकर्मीहरु र ल्वाङका सहृदयी होमस्टे सञ्चालकहरु सबैलाई बैठक धन्यवाद एवं आभार व्यक्त गरिएको छ ।
 
––––––––––––––––––––––
डा. बाबुराम भट्टराई
संयोजक
नयाँ शक्ति पार्टी, नेपाल
 
बैठक स्थल: कास्की, ल्वाङ


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.