उत्तर कोरियाले तय गर्‍यो वार्ता टोली

उत्तर कोरियाले तय गर्‍यो वार्ता टोली

एजेन्सी : उत्तर कोरियाले दक्षिणसँग वार्ता गर्नका लागि वार्ता टोली तय गरेको छ । कोरियन समाचार एजेन्सी योनापले दिएको खबर अनुसार ‘रि सन वन’को नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरी आइतबार नै दक्षिण कोरियालाई पठाउने तयारी भएको छ । वार्ता टोलीका संयोजक ‘रि’ सिपीआरके का अध्यक्ष रहेका छन् । वार्ता टोलीमा सीपीआरके(Committee for the Peaceful Reunification of Korea)का उपाध्यक्ष 'जोन जोङ सु' र खेलकूद मन्त्रालयका उच्च अधिकारी ‘वन किल उ’ लगायत रहेको योनापले जनाएको छ ।

वार्तामा मुख्य गरी अगामी फेब्रुवरीमा दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिकमा उत्तर कोरियाको सहभागिताका विषयमा छलफल हुने बताइएको छ । दुई देशीबीच उत्पन्न तनाब अन्त्य गर्ने र कोरियन प्रायद्वीपमा शान्ति स्थापना गर्न गर्ने बारे पनि कुराकानी हुनसक्ने कोरिया अधिकारीहरुले जानकारी दिएको योनापले जनाएको छ।

१ जनवरीमा नयाँ वर्ष २०१८ को शुभकामना दिनेक्रममा उत्तर कोरियाका राष्ट्रपति किम जोन उनले दक्षिणमा हुन लागेको शीतकालीन ओलम्पिकमा आफ्नो सहभागिता हुनसक्ने र त्यसका लागि दक्षिणसँग उच्चस्तरीय वार्ता गर्न तयार रहेको अभिव्यक्ति दिएका थिए । साथै दुई देशबीच रगतको नाता रहेकाले एकआपसमा समझदारी गर्नु पर्ने तर्क अगाडि सारेका थिए ।

सोही दिन दक्षिण कोरियाले किमको अभिव्यक्तिको स्वागत गर्दै वार्ताका लागि तयार रहेको जवाफ दिएको थियो। दुई वर्षदेखि बन्द रहेको दुई देशको हटलाइन सेवा गत बुधबार पुनस्र्थापित गरिएको थियो।

दक्षिण कोरियाले उत्तरलार्इ पठायो वार्ता टोलीको नाम


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.