विद्यार्थीलाई पानी खुवाउन अमेरिकी प्रविधि

विद्यार्थीलाई पानी खुवाउन अमेरिकी प्रविधि

 

पर्वत : विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै पर्वतका केही शैक्षिक संस्थामा आधुनिक प्रविधिको पानी शुद्धीकरण प्रविधि जडान गरिएको छ। सदरमुकाम कुश्मा बजारमा रहेको आदर्श अंग्रेजी आवासीय माध्यमिक विद्यालय र फलेबास नगरपालिका-५ खानीगाउँमा रहेको भवानी विद्यापीठ उच्च माविमा अमेरिकी प्रविधिको ‘वाटर प्युरोफिकेसन सिस्टम’ जडान गरिएको हो।

स्पलास नेपालको प्राविधिक सहयोगमा स्पलास नेपालका इन्जिनियर चन्द्र पोखरेल नेतृत्वमा आएको टोलीले उक्त प्रविधि जडान गरेको हो। विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै यो प्रविधि पहिलोपटक जिल्लामा भिœयाइएको हो। आदर्श अंग्रेजी आवासीय माध्यमिक विद्यालय पर्वतका प्रिन्सिपल हिमबहादुर पौडेल क्षेत्रीका अनुसार यो प्रविधि काठमाडौं उपत्यकाका दुई सय ५० सामुदायिक विद्यालयमा जडान गरिएको छ। ती विद्यालयका विद्यार्थीले शुद्ध पिउने पानीको सुविधा प्राप्त गरेको भए पनि पर्वतमा पहिलोपटक आफूहरूले भिœयाएको उनले बताए।

काठमाडैां बाहिरका यी दुई विद्यालयका विद्यार्थीले शुद्ध पिउने पानीको अवसर पाएका पौडेलले बताए। पौडेलले भने, ‘यो प्रविधि अल्ट्रा फिल्टरेसन सिस्टम (यूएफ) हो, यसमा चार चरणमा पानी फिल्टर हुन्छ, जसले प्रतिमिनेट २० देखि २५ लिटर पानी फिल्टर गर्छ, त्यो पानी विद्यार्थीका लागि पर्याप्त र पिउनयोग्य हुन्छ।’

यो प्रविधिले ०.०२ माइक्रोन आकारका माइक्रो अर्गानिज्महरू फिल्टर गर्ने जानकारी पनि क्षत्रीले दिए। उक्त प्रविधिले ५ देखि ७ वर्षसम्म राम्रोसँग काम गर्छ। यो प्रविधिको जडानपछि आदर्श र भवानी विद्यापीठ उच्च माविका विद्यार्थीले घरबाट पानी बोकेर जानुपर्ने अवस्थाको अन्त्य भएको छ। प्रविधि जडानका लागि झन्डै आठ लाख रुपैयाँ खर्च लागेको छ।

आदर्शले भने प्रावि तह र आवासमा समेत जारमा पानी भरी मिनरलसहितको फिल्टर पानी उपलब्ध गराउन सफल भएको प्रिन्सिपल क्षत्रीले बताए। फिल्टर भएको पानी विद्यालय परिसरका छिमेकी तथा विद्यार्थीका अभिभावकले समेत बिहान र बेलुका प्रयोग गर्नसक्ने विद्यालयले जनाएको छ।

विद्यालयले विद्यार्थीलाई प्राविधिक ज्ञानको दक्षता वृद्धि गर्न नयाँ प्रविधि तथा पेडागोजी एवं मेथोडोलोजी भिœयाउने क्रममा टकिड टिचर डिभाइसबाट समेत कक्षा सञ्चालनको तयारी गरेको छ। विद्यालयले अहिले स्र्माट क्लास सञ्चालन गर्नुका साथै थप व्यवस्थित गराउन स्मार्ट (डिजिटल हल) निर्माण गरिरहेको पौडेलले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.