बलिउड : कसको ‘बेस्ट फ्रेन्ड’ को ?

बलिउड : कसको ‘बेस्ट फ्रेन्ड’ को ?

बलिउड कलाकार आफ्ना मिल्ने र नजिकका साथीबारे यसो भन्छन्ः

सुस्मिता सेन  : ‘मित्रताको अर्का नाम सलमान’

Sushmita-and-Salman

मित्रताको कुरा चल्दा कृष्ण–सुदामाको बयान गरिन्छ। एक चोटि सुदामाले कृष्णलाई सोधेका थिए , ‘मित्रताको अर्थ के हो ?’ कृष्णले भनेका थिए, ‘जहाँ स्वार्थ हुन्छ, त्यहाँ मित्रता हुँदैन।’ यो सत्य हो। आजको कमर्सियल युगमा कसैले सम्बन्ध बनाउँछ भने केवल स्वार्थ सिद्ध गर्नका लागि बनाउँछ। मलाई संसारमा एक जना मान्छे सही अर्थमा मित्रताको उदाहरण लाग्छ।

उनी सलमान खान हुन्। सलमान मित्रताको अर्का नाम हो। उनी मतलब सिद्ध गर्नका लागि साथी बन्दैनन्। परेको बखत मित्रता निर्वाह गर्न जान्दछन्। हामी कैयौँ वर्षदेखि साथी छौँ। सुझाव र सल्लाह आवश्यक पर्दा म उनलाई फोन गर्छु। उनले मलाई सधैँ सहयोग गरेका छन्।

मलाई एक चोटिको घटना याद आउँछ। राति २ बजे मेरी छोरी रिनी बिरामी परिन्। राति डाक्टरलाई कसरी बोलाउने होला भन्ने चिन्तामा थिएँ। मैले सलमानलाई फोन गरेँ। उनको घरमा पार्टी भइरहेको रहेछ। उनी पार्टी–सार्टी छोडेर डाक्टर लिएर मेरो घरमा आए। उनी साथीका लागि ज्यान दिने मान्छे हुन्।

प्रियंका चोपडा : ‘अक्षयको दिल सफा छ’

priyanka-chopraसाथी त्यो हो, जसलाई भरोसा गर्न सकिन्छ। जोसँग हरेक कुरा सेयर गर्न सकिन्छ र जसले सही सल्लाह दिन्छ। मैले यी सबै खुबी अक्षय कुमारमा देखेकी छु। उनी प्याच्च बोल्छन् तर उनको दिल एकदम सफा छ। मेरो उनीसँग बलियो मित्रता छ। बुबाको निधन भएपछि मैले आफूलाई एकदमै असहज अवस्थामा पाएँ। एक्लोपनले सताउँथ्यो। त्यतिबेला अक्षयले मलाई आडभरोसा दिएका थिए।

त्यो कठिन समयमा उनले मलाई अमूल्य साथ दिएका थिए। कुनै बेला हाम्रो मित्रतालाई रोमान्सको नाम दिइएको थियो। तर, हामीबीच केवल असल मित्रता थियो। जब–जब म अप्ठ्यारो अवस्थामा हुन्छु, अक्षय मलाई सही सल्लाह दिन्छन्। उनीसँग मैले केही फिल्म गरेकी छु। उनले मलाई शिक्षकले झैँ गाइड गरेका छन्। अनुशासनमा रहन सिकाएका छन्।

ज्याकी स्रोफ :‘सञ्जय र मेरो स्वभाव उस्तै छ’

jyaki-sephaसञ्जय दत्त र म भएपछि हरेक सुटिङको माहोल रमाइलो हुन्थ्यो। हामी दुईको स्वभाव उस्तै छ। उनी मेरा निकटतम मित्र हुन्। हामी हरेक कुरा सेयर गर्छौ। इन्डस्ट्रीमा मेरा धेरै साथी छन्। तर, सञ्जयसँग अरूको तुलना हुन सक्दैन। हामी रमाइलो र हँसीमजाक गर्न खप्पिस थियौँ। एक पटक एउटा फिल्मको सुटिङमा हामीले गरेको ठट्टा म अहिले पनि सम्झन्छु।

आउटडोर सुटिङ थियो। १५–१५ मिनेटमा क्यामेरापर्सन एउटा रूखमुन्तिर गएर पिसाब फेर्थे। मैले र सञ्जयले उनलाई त्यसो नगर्न आग्रह गर्‍यौँ। त्यस रूखले पिसाब फेर्नेलाई समात्न सक्छ भन्यौँ। तर, उनले टेरेनन्। एक रात हामी टेप रेकर्डर लिएर होटलमा ऊ बसेको कोठाअगाडि गयौँ। टेप रेकर्डर खोलिदियौँ। त्यसबाट मैले रेकर्ड गरेको आवाज आयो, ‘तैँले मेरो फेदमा किन फोहोर गरिस् ?’ त्यसपछि ती क्यामेरापर्सन यति डराए कि त्यही रात होटलबाट भागे।

दीपिका पादुकोण : ‘शबाना इमानदार छिन्’

deepika-padukone11शबाना गोस्वामी मेरी बेस्ट फ्रेन्ड हुन्। हामी दुईले एकसाथ करिअर सुरु गरेका थियौँ। त्यतिबेला करिअर कसरी अघि बढ्ने हो, हामीलाई थाहा थिएन। तर, एउटा कुरा पक्का थियो– हाम्रो मित्रता सदा कायम रहनेछ। हामी दुईका स्वभाव, रुचि÷अभिरुचि मिल्छन्। संघर्षका दिनमा हामी सँगै सपिङ गथ्र्यौं। आफूलाई सुहाउने लुगा किन्न पाउँदा असाध्यै खुशी हुन्थ्यौँ।

शबाना साह्रै इमानदार छिन्। उनी मेरो फिल्म हेरेपछि मेरो अभिनयमाथि सटिक टिप्पणी गर्छिन्। मेरा कमजोरी देखाइदिन्छिन्। उनले फिल्म ‘ककटेल’ को मेरो अभिनय मन पराएकी थिइन्।

नाना पाटेकर : ‘अनिल कहिल्यै रिसाउँदैनन्’
Nana-Patekar_anil-papoorअनिल कपुर मेरा सबैभन्दा पुराना र असल मित्र हुन्। हामी दुईको स्वभाव धेरै नै फरक छ। तर, पनि हामी असाध्यै मिल्ने साथी हौँ। मैले अनिलसँग पहिलो पटक फिल्म ‘परिन्दा’ मा काम गरेको थिएँ। त्यतिबेला उनी चर्चित स्टार थिए, म नयाँ–नयाँ थिएँ। मलाई लाग्थ्यो– अनिलले एट्टिट्युड देखाउनेछन्, स्टाइल मार्नेछन्।

तर, पहिलो भेटमा उनले मसँग हात मिलाएर आत्मीयतापूर्वक ‘के छ नाना ?’ भने। म त एकदम प्रभावित भएँ। त्यसपछि हाम्रो मित्रता जम्यो। म अलिक रिसाहा खालको छु। तर, अनिल कहिल्यै रिसाउँदैनन्। उनी मेरो रिस नियन्त्रण गरिदिन्छन्। धेरै पछि हामीले फिल्म ‘वेलकम’मा काम गर्‍यौँ। हाम्रो केमिस्ट्री दर्शकले मन पराए।

अजय देवगन : ‘तब्बू भावुक छिन्’

ajay-devgn-tabuइन्डस्ट्रीमा रोहित सेट्टी, सलमान खान, सञ्जय दत्तसहित मेरा कैयौँ असल मित्र छन्। तर, तब्बू मेरी सबैभन्दा पुरानो र निकट मित्र हुन्। उनी मलाई असाध्यै विश्वास गर्छिन्। मसँग कुनै कुरा लुकाउँदिनन्। हामीले पहिलो पटक ‘विजयपथ’मा सँगै काम गरेका थियौँ।

काम गर्नुअघि हाम्रो मित्रता खासै जमेको थिएन। यसले निर्देशकलाई तनाव पनि दिएको थियो। काम गर्दै जाँदा मैले तब्बूलाई एकदमै भावुक र सीधा पाएँ। उनी साँच्चिकै असल मान्छे हुन्। उनीसँग काम नगरेको युगौँ भयो। तर, हामीबीचको मित्रता आज पनि हरिलो–भरिलो छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.