चिहानबाट शव निकाल्न खोज्दा

चिहानबाट शव निकाल्न खोज्दा

एजेन्सी : कोलम्बियाका एक मानिसलाई यस पटकको नयाँ वर्ष खल्लो लाग्यो। आफ्ना मिल्ने एकजना आफन्तको मृत्यु भएकाले उनलाई यस वर्षको नयाँ वर्ष खल्लो लागेको हो। केल्भिन रिभेरा नाम गरेका व्यक्तिको भाइ पर्ने जासिर जोस रिभेराको दुई वर्षअघि मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो। उनीहरू दुईजना एकअर्कासँग असाध्यै मिल्ने गर्थे।

यस पटकको नयाँ वर्ष उनलाई एक्लै मनाउन मन लागेन र उनले चिहानमा गएर भाइलाई समाधिस्त गरिएको चिहान खने। खनेर शवका अवशेष निकाले। चिहानभित्र केही हड्डी मात्र पाइएका थिए। नयाँ वर्षलाई भाइसँगै स्वागत गर्न मन लागेपछि चिहानबाट भाइलाई खोतलेर बाहिर निकालेको उनले बताएका छन्। भाइसँग यसपालिको नयाँ वर्ष सेलिब्रेट गरेको उनले परिवारका सदस्यलाई बताएका थिए।

तर, कसैले पत्याएनन्। उनले जिद्दी गरेपछि चिहान व्यवस्थापकलाई परिवारका सदस्यले फोन गरे। उनका भाइको शव समाधिस्त गरिएको ठाउँ हेर्दा साँच्चिकै शव निकालेको पाइयो। चिहानको सुरक्षाव्यवस्था राम्रो नबनाएको भन्दै अहिले चिहान व्यवस्थापकको आलोचना भइरहेको छ। साथै, केभ्लिनको मानसिक अवस्था बिग्रिएको भन्दै उनलाई अस्पतालमा भर्ना गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.