भारतलाई चीनको चेतावनी: तनाव बढाउने प्रयास नहोस्, डोकलाम हाम्रै हो

भारतलाई चीनको चेतावनी: तनाव बढाउने प्रयास नहोस्, डोकलाम हाम्रै हो

एजेन्सी: भारतीय सेना प्रमुखले केही दिनअघि दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर चीनले कडा प्रतिक्रिया दिएको छ । भारतीय सेनाध्यक्ष बिपिन रावतको भनाइलाई लिएर चीनले दुवै देशबीच तनाव बढाउने काम कसैले गर्न नहुने चेतावनी दिएको हो ।

चीनले कुनै पनि विवादास्‍पद अभिव्यक्तिबाट सिमानामा युद्धको अवस्‍था निम्तिन सक्ने भन्दै भारतलाई भड्किलोरुपमा प्रस्तुत नहुन सचेत गराएको हो ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता लू काङ्गले जनरल बिपिन रावतको बयानमाथि प्रतिक्रिया दिँदै बितेको एक वर्षमा भारत-चीनबीचको सम्बन्धमा धेरै उथलपुथल आएको बताएका छन् । 'अघिल्लो साल भारत-चीन सम्बन्धनमा केही उतार-चढाव देखिए, तर गत वर्ष सेप्टेम्बरमा ब्रिक्स सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति शी जिनपिङ्ग र र प्रधानमन्त्री नरेन्द्र मोदीको भेटघाटले सम्बन्धलाई पुन: सही बाटोमा ल्याइदिन निर्णायक काम गर्‍यो ।'

शान्ति प्रक्रियामा असर

लु काङ्गले पत्रकार सम्मेलनका क्रममा यस्ता कोशिशकाबीच भारतका वरिष्ठ अधिकारीको तर्फबाट यसखालका टिप्पणी आउनु उचित नहुने पनि बताएका छन् । नहशु 'यसले वार्ताको प्रक्रियालाई ट्रयाकबाट बाहिर पठाउन सक्छ', उनले अगाडि भने, 'यस्ता भनाइ दुवै देशको सम्बन्धलाई राम्रो बनाउने प्रयासको साटो अझ समस्यामात्रै पैदा गर्नेछ ।'

उनले भारतीय पक्षको यस्तो प्रतिक्रियाले सीमामा शान्ति बनाइरहने प्रक्रियामा पनि गम्भीर असर पर्न सक्ने बताएका छन् । लुले चीन र भारत अहम छिमेकी रहेको बताउँदै राष्ट्रिय विकास तथा उन्नतिको निर्णायक चरणमा दुवै देश रहेकाले दुवैले सामरिक संवाद बढाउनु खाँचो रहेको उल्लेख गरे । 'सामरिक शंकाहरु हटाउन जरुरी छ', उनले भनेका छन्, 'सामरिक सहयोग लेनदेनलाई पनि बढाउनु आजको आवश्यकता हो ।'

डोकलाममा चीनकै दाबी

प्रवक्ताले भारतीय पक्षलाई दुई देशका नेताबाट बनाइएको साझा धारणालाई सीमा इलाकामा शान्ति एवम् स्थिरता बनाइराख्ने उपायकारुपमा प्रयोग गरिनुपर्नेमा पनि जोड दिएका छन् ।

जरूरी मुद्दामा रचनात्मक तरिकाबाट समाधान खोजिनुपर्ने बताउँदै उनले द्विपक्षीय सन्बन्धको निरन्तर विकासलाई बढावा दिनु पनि जरुरी रहेको उल्लेख गरे । लु काङ्गले जनरल बिपिन रावतको भनाइलाई उधृत गर्दै डोकलाममा आफ्नो पुरा अधिकार रहेको बताए । 'डोकलाम चीनको भूभाग हो र यसको अधिकार क्षेत्रमा सदैव चीनकै हक रहने कुरामा सन्देह छैन', उनले भनेका छन् ।

दुई दिनअघि जनरल बिपिन रावतले भारतले पाकिस्तानसँग जोडिएको सिमानासँगै पूर्वी सीमामा पनि उत्तिकै ध्यान दिनुपर्ने बताएका थिए । जनरल रावतले चीन मजबूत भए भारत पनि कम्जोर नरहेको भन्दै चेतावनीको भाषामा प्रयोग गरेका थिए । उनले चीनतर्फ इशारा गर्दै आफ्नो सिमानामा कुनै पनि देशलाई आक्रमण गर्न नदिने जिकिर गरेका थिए ।

अब अवस्था १९६२ जस्तो नरहेको बताउँदै रावतले हरेक क्षेत्रमा भारतीय सेनाको क्षमता बढेको भन्दै चीनलाई सचेत गराएका थिए । रावतले आफ्नो सिमाक्षेत्रमा चीनले निरन्तर दबाब बढाइरहेको पनि टिप्पणी गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.