‘अरूलाई सुन्दर बनाउँदा आनन्द आउँछ’

‘अरूलाई सुन्दर बनाउँदा आनन्द आउँछ’

म सौन्दर्य व्यवसायमा लागेको १९ वर्ष भयो। यो मेरो रहर र रुचिको पेशा हो। मलाई भित्रैदेखि गर्न मन लागेको काम गरेकाले आफ्नो पेशाबाट सन्तुष्ट छु। धेरैलाई आफूले गरिरहेको कामबाट सन्तुष्टि नमिलेको देख्छु। तर, मलाई आफूले गरिरहेको कामप्रति कुनै गुनासो छैन। मैले ब्युटिसियनका रूपमा विभिन्न ठाउँमा काम गरेँ। १० वर्षयता काठमाडौँ मलमा फेसियल हाउस सञ्चालन गरेर सौन्दर्यसम्बन्धी सेवा दिइरहेकी छु।

काठमाडौँमा सीटीसी मलमा फेसियल हाउसको लक्जरी ब्रान्च छ भने काठमाडौँकै बागबजार प्लाजा र पोखरमा पनि फेसियल हाउसका शाखा सञ्चालन गरिरहेकी छु। मैले ब्युटिसियन बन्छु भन्दा घरपरिवारको सहमति थिएन। घर चलाउनका लागि मैलै काम नै गर्नुपर्ने अवस्था थिएन। मेरो अवश्यकताहरू परिवारले पुर्‍याइदिएकै थिए। तर, मलाई राम्री बन्ने र बनाउने काममा रुचि थियो। त्यही भएर म यो पेशामा आएँ।

सुरुमा मैले ब्युटिपार्लरमा पैसा नलिईकन काम गरेकी थिएँ। हुनेखाने परिवारकी छोरीबुहारी भएर अरूको ब्युटिपार्लरमा गएर काम गरेको परिवारका अन्य सदस्यलाई मन परेको थिएन। टाइमपास हुन्छ भन्दै म काममा जान्थेँ। ब्युटिपार्लरमा काम गर्दागर्दै मैले आफूलाई चाहिने थप सीप सिक्दै गएँ। सौन्दर्यका केही विषय स्वास्थ्यसँग जोडिने भएकाले डा. पद्मा लामासँग छालासम्बन्धी तालिम लिएँ। त्यसपछि थाइल्यान्ड र चीन पुगेर सौन्दर्यसम्बन्धी तालिम लिएँ।

काम सुरु गरेको नौ वर्षपछि मैले काठमाडौँ मलमा फेसियल हाउस खोलेकी हुँ। आफ्नै व्यवसाय सुरु गरेपछि पनि घरपरिवारले यो पेशालाई मन पराएका थिएनन्। आफूलाई सञ्चालकका रूपमा चिनाउनुपर्ने शर्त घरपरिवारको थियो। मलाई आफ्नो सीप लुकाएर बस्न मन लागेन। जुन काम म नौ वर्षदेखि गरिरहेकी थिएँ त्यो काम फेसियल हाउसमा पनि गर्न थालेँ। मैले आफूलाई ब्युटिसियनकै रूपमा चिनाउन थालेँ।

यी १९ वर्षमा सौन्दर्य क्षेत्रलाई हेर्ने दृष्टिकोण धेरै बदलिएको छ। त्यतिबेला ब्युटिसियन भन्दा नाक खुम्च्याइन्थ्यो। तर, अहिले इज्जतिलो पेशाका रूपमा लिइन्छ। अहिले धेरैमा सौन्दर्यसम्बन्धी चासो र चेतना बढ्दै गएको छ। ‘ब्युटिपार्लर जानु भनेको नक्कली हुनु हो’ भन्ने सोचमा परिवर्तन आएको छ। सौन्दर्य महिलाहरूको मात्र चासोको विषय हो भन्ने धारणामा परिवर्तन आएको छ। अहिले पुरुष पनि सौन्दर्यप्रति सचेत भएका छन्। फेसियल हाउसमा सौन्दर्यसम्बन्धी सेवा लिन महिला र पुरुष दुवै उस्तै हाराहारीमा आउँछन्। अरूलाई सुन्दर बनाउँदा आउने आनन्द बेग्लै हुन्छ।

रहरले सिकेको यो पेशा अहिले मेरो जीवनको अभिन्न अंग बनेको छ। ‘मैले किन काम गर्नुपर्‍यो’ भनेर काम नगरेको भए आज म आफ्नो खुट्टामा उभिन सक्ने थिइनँ। मैले कतिपय अवस्थामा घरपरिवारलाई पनि भरथेग गरेकी छु। आफूलाई मन परेको काममा निरन्तर लाग्ने हो भने त्यसबाट सफलता हात पार्न सकिन्छ। म घरधन्दा गरेर बसिरहेका दिदीबहिनीहरूलाई आफूले सक्ने र रुचि भएको क्षेत्रमा बिनासंकोच काम गर्न सुझाव दिन चाहन्छु।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.