इन्डोनेसियन प्रहरी इन्काउन्टरमा मारिए नेपाली युवा

इन्डोनेसियन प्रहरी इन्काउन्टरमा मारिए नेपाली युवा

काठमाडौँ : इन्डोनेसियन प्रहरीको इन्काउन्टरमा एकजना नेपाली मारिएका छन् । लागू औषध तस्करीमा संलग्न भएको अभियोग लागेका ती नेपाली युवा जाकर्ता मेट्रो पुलिसको इन्काउन्टरमा गत शुक्रबार मारिएका हुन् ।

मलेसियाको बाटो हुँदै लागू औषधसहित जाकर्ता पुगेका ३४ वर्षीय नेपाली युवा शरणकुमार तामाङ प्रहरी कारबाहीमा मारिएका हन् । तर, उनको नेपालस्थित ठेगाना भने खुलाइएको छैन ।

सेन्ट्रल जाकर्ता मेट्रो पुलिस प्रमुख वरिष्ठ कमश्निर रोमान हुताज्लुका अनुसार मलेसियाबाट लागूऔषधसहित ती युवा जाकर्ता आएको सूचना मिलेपछि गरिएको कारबाहीमा उनी मारिएका हुन् ।

लागूऔषधसहित पुगेका ती नेपाली युवा मध्यजाकर्तास्थित अलपाइन होटेलमा बसेका थिए । उनीसँगै रहेका जालान गुनुङ र सवाह बेसार भने भाग्न सफल भएको प्रहरीको दाबी छ ।

लागूऔषध किन्ने र बेच्नेबीचको फोन सम्बाद ट्याप गरेको पुलिसले होटेलमा आफैँ ग्राहक बनेर पुगेपछि त्यो कारबाही गरेको बताइएको छ। यो अन्डर कभर अप्रेशनका क्रममा ५० ग्राम लागू औषध मेथ बरामद गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.