यस्तो छ तरकारी स्वादिलो बनाउने तरिका

यस्तो छ तरकारी स्वादिलो बनाउने तरिका

काठमाडौं : स्वादिलो तरकारी सबैलाई मनपर्छ। तर कसरी स्वादिलो बनाउने भन्ने कुरामा कमैले चासो दिएको पाइन्छ। पकाए पछि मीठो भइहाल्छ भनेर कतिपयले अल्छी गरी खाना पकाउने गर्छन्। जसले गर्दा समय खेर मात्र जादैन पकाएको खाना पनि मीठो हुँदैन । त्यसैले खाना पकाउँदा अल्छि गर्नुहुँदैन। थोरै जाँगर लगाएर पकाएको खाना पक्कै पनि मीठो हुन्छ।

तरकारी पकाउँदा फरक फरक स्वाद दिने मसलाको प्रयोग गर्न सकिन्छ। प्रत्येक दिन एउटै मसला प्रयोग गर्नुभन्दा फरक स्वाद दिने मसला प्रयोग सकिन्छ। निम्न कुरामा ध्यान दिँदा स्वादिलो तरकारी पकाउन सकिन्छ।

–तरकारीलाई स्वादिलो बनाउन त्यसमा बदामका केही दाना पिसेर हाल्न सकिन्छ।

–कहिलेकाहीँ तरकारी हल्का डढ्न सक्छ र त्यसबाट डढेको बास्ना आउँछ। यसो हुँदा त्यसमा दुई चम्चा दही मिसाउनुपर्छ। यसो गर्दा डढेको स्वाद आउँदैन।

–तरकारी बफाएर पकाउन चाहनुहुन्छ भने उसिन्दा त्यसमा अलिकति नुन मिसाइदिनुस्। यसो गर्दा तरकारीको रङ बदलिन्छ र तरकारी स्वादिष्ट हुन्छ।

–पाकेपछि पनि तरकारीको रङ उस्तै रहोस् भन्ने चाहनुहुन्छ भने तरकारी पकाउँदा त्यसमा अलिकति चिनी मिसाइदिनुपर्छ।

–तरकारी पाकेपछि मात्र अमिलो हाल्नुपर्छ। पहिला नै अमिलो हाल्यो भने तरकारी पाक्न बढी समय लाग्छ।

–तरकारीलाई स्वादिलो बनाउन अदुवा–लसुनको पेस्ट बनाएर भुट्नुपर्छ। त्यसपछि मात्र तरकारीमा उपयोग गर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.